विवाहको प्रस्ताव धेरैले राख्छन्ः सम्झना बुढाथोकी, डान्सर

Published on: Sun, Oct 27th, 2013 By

अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले म मेरो अफिसतिरको काममा नै व्यस्त छु ।
samjhanaतपाईं यहाँसम्म आइपुग्दा कति सङ्घर्ष गर्नुपर्यो ?
मैले यो स्थानसम्म आइपुग्दा धेरै सङ्घर्ष गर्नुपर्यो । त्यही सङ्घर्षको प्रतिफल आज पाइरहेकी छु ।
तपाईंलाई यो स्थानसम्म आउनका लागि कसले प्रेरणा दिनुभयो ?
म यो स्थानसम्म आउनका लागि मेरो परिवारको भूमिका अहम् छ । अनि हिन्दी टेलिभिजनमा आउनेडान्स हेरेर पनि म यो क्षेत्रमा आउन प्रेरित भएकी हुँ ।

कुनै समय तपाईं म्युजिक भिडियोमा एकछत्र राज गर्नुहुन्थ्यो, आजभोलि कमी हुनाको कारण के हो ?
मैले आफ्नै प्रोडक्सन हाउस खोलेकी छु, त्यसलाई समय दिनुपर्ने भएकाले म्युजिक भिडियोमा कम देखिएकी हुँ तर पूरै हराएकी हैन ।
अहिले अरुलाई डान्स सिकाउनुहुन्छ, डान्स गर्नु र सिकाउनुमा के भिन्नता पाउनुभयो ?
धेरै फरक हुन्छ । डान्स गर्दा अरुले सिकाएको काम गरे पुग्छ तर सिकाउँदा अरुले पनि सम्झने र बुझ्नेगरी सिकाउनुपर्छ ।
म्युजिक भिडियोमा काम गर्दा अरुसँग तपाईंको नाम जोडिएर आउँथ्यो, के हावा चलेरै पात हल्लेको हो त ?
हो, कतिपय अवस्थामा हावा चलेरै पात हल्लेको हो तर त्यसो भन्दैमा मैले काम गरेका सबैसँग नाम जोडेर कुरा गर्नु राम्रो होइन । सधैँ हावा आउँदा पात हल्लिन्छ नै भन्ने पनि त हैन नि ।
तपाईंसँग शङ्कर बिसीको नाम जोडिन्छ, वास्तविकता के हो ?
उहाँ र मेरो डान्स धेरै दर्शकले मन पराउनुभएको छ । हामीले सँगै काम गरेका अधिकांश म्युजिक भिडियोले दर्शकको मन जितेका छन् । हामी सहकर्मी मात्रै हौँ, मत उहाँलाई दाइ मान्छु, त्यसभन्दा अरु कुनै सम्बन्ध हाम्रा बीचमा छैन ।

म्युजिक भिडियो खेल्ने मान्छेहरु यौन हिंसामा पर्छन् भनिन्छ नि, के यो सत्य हो ?
आफू सक्षम भएर यो क्षेत्रमा लागेका मान्छेहरुले त्यस्तो दुर्गति भोग्नु पर्दैन । कामै नजानेका मान्छेले जुनसुकै हालतमा पनि अगाडि बढ्छु भन्नेहरु सफल हुन जे गर्न पनि तयार हुन्छन् तर त्यस्तो दिन मेरो जीवनमा कहिल्यै आएन ।
कन्सर्ट तथा महोत्सवमा तपाईंको नाम सबैभन्दा अगाडि आउँछ किन होला ?
मैले मेरा दर्शकमाथि न्याय गरेकी छु । मैले गरेको राम्रो कामको बदलामा पाएको दर्शकको माया हो ।
विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुन्छ, त्यस्ताखाले कार्यक्रममा पारिश्रमिक कस्तो पाउनुभएको छ ?
त्यस्ताखाले स्टेज सोमा हामीलाई राम्रो पारिश्रमिक दिइन्छ । त्यसैबाट आवश्यक खर्च टर्ने गर्छ ।
सुरुमा पैसा दिन्छु भनेर काम सकिएपछि नदिएको अवस्था कत्तिको छ नि ?
म विदेशमा जाँदा एकचोटि त्यस्तो परेको थियो । कत्ति पनि नदिएको त हैन तर जति तोकिएको थियो त्यति दिइएन । उनीहरुको पनि विभिन्नखाले समस्या हुन्छन् । त्यस्तो बेलामा सम्झौता गर्नैपर्छ ।
तपाईंले अहिलेसम्म कतिवटा भिडियोमा नाच्नुभयो ?
अहिलेसम्म ५०० वटा जति म्युजिक भिडियोमा मेरो नृत्य प्रस्तुत भएको छ ।
तपाईं एक जना राम्रो नृत्याङ्गना हुनुहुन्छ बिहेको प्रस्ताव आउँदैन ?
आउँछ, मोबाइलमा फोन गरेर तथा फेसबुकमा म्यासेज पठाएर प्रेम तथा विवाहको प्रस्ताव धेरैले राख्छन् ।
तपाईं कस्तो जीवनसाथीको पर्खाइमा हुनुहुन्छ ?
मेरो मनलाई बुझ्ने, माया गर्ने र सबैभन्दा ठूलो कुरा मेरो क्षेत्रलाई मन पराउने जीवनसाथीको पर्खाइमा छु ।
राज्यले कला क्षेत्रलाई कत्तिको प्रोत्साहन गरेको छ ?
राज्यले कला क्षेत्रमा काम गर्ने कलाकारको हितमा अहिलेसम्म कुनै पनि कार्य गरेको छैन ।
तपाई नृत्याङ्ना नहुनुभएको भए के बन्नुहुन्थ्यो होला ?
म नृत्याङ्गना नभएको भए एउटी असल हाउसवाइफ बन्थेँ होला ।

प्रस्तुतकर्ताः पवित्रा मुडभरी ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us