प्रस्ताव त कति आए आए: पवित्रा घिमिरे, गायिका

Published on: Sun, Nov 24th, 2013 By

पछिल्लो समयमा कन्सर्टहरूमा खुबै देखिनुभएको रहेछ नि ?
–गीत गाउँदा रमाइलो लाग्छ । अझ दर्शकहरुको प्रतिक्रिया पाउँदै झनै खुसी हुन्छु । त्यही भएर अलि बढी समय पनि कन्सर्टहरुमै दिँदा व्यस्त बनेको हुँ ।
कस्ता खालका कन्सर्टहरुमा जानुहुन्छ ?
–मेरो पैसा कमाउनेभन्दा पनि पहिचान स्थापित गर्ने उमेर र समय हो । त्यसकारण प्रायः निम्तो आउने जस्तोसुकै स्टेज कार्यक्रम र कन्सर्टहरुमा सहभागी हुन्छु ।
गीत सङ्गीतका क्षेत्रमा कहाँबाट कसरी आउनुभो ?
–म विद्यालयमा पढ्दादेखि नै विभिन्न प्रतियोगितामा भाग लिने गर्थेँ, सो समयमा प्रथम भएँ र पछि त्यसैबाट हौसला मिल्यो र यस क्षेत्रमा आएँ ।
गायनको कुन विधा तपाईंका लागि महत्वपूर्ण हो ?
–पहिला लोकगीतको फ्यान हुँ तर क्लासिकल म्युजिकको स्टुडेन्ट भएको कारण उतै बढी झुकाब छ ।
क्लासिकल मन पर्नाको कारण चाहिँ के हो नि ?
–क्लासिकल म्युजिक पढिरहेको र त्यसैको पा्रक्टिस पनि भैरहेको छ । यसले गर्दा क्लासिकल गीत नै मन पर्छ ।
अहिलेसम्म कति ठाउँमा गाउनुभो ?
– पाँच सयभन्दा बढी कन्सर्टमा गाएको छु ।
कन्सर्टमा दर्शकहरुको कस्तो रेस्पोन्स पाउनुहुन्छ ?
–वा, वा भन्नुहुन्छ, वान्स मोर भन्नुहुन्छ । खुसी लाग्छ । कतिपय ठाउँमा सुझाव पनि पाउँछु, अझै धेरै प्रयास गर्नुस् भन्नुहुन्छ ।
कन्सर्टमा हिँड्दै गर्दा नाम चलेका र नचलेकामा केही फरक पाउनुहुन्छ ?
–अवश्य पनि फरक हुन्छ । नाम चलेकाहरुको स्टार भ्यालु नै बढी हुन्छ तर नाम नचलेकाहरुलाई दर्शकहरुले हेर्न दृष्टिकोण नै फरक हुन्छ । तथापि आफूले राम्रो प्रतिभा देखाउन सक्यो भने चाहिँ नाम चलेको र नचलेकामा खासै भिन्नता हुँदैन ।
गायनसँगै मोडलिङ पनि गर्नुभएको छ ?
–मोडलिङमा खासै रुचि त छैन तर गीतका भिडियोहरुमा खेलेको छु ।
तपाईंले गाउनुभएको एउटा गीत सुनाइदिनुस् न ?
–मैले आफैँले शुरुमा गाएको गीत छ । मलाई त्यही नै धेरै मन पर्छ जुन गीत मेरो आफ्नै
शब्द, सङ्गीत र स्वरमा रेकर्ड भएको छ ।
चौबन्दी चोलीमा चौबन्दी चोलीमा
आँखै गाजले जिस्क्याउँछन् ठिटाले मरेँ लाजले
जिस्क्याउँछन् ठिटाले मरे लाजले
पहाडमा हुर्किएकी मेलापात गरी
हो…. हो.. हो.. ला.. ला.. ला..
पहाडमा हुर्किएकी मेलापात गरी
भन्छन मलाई मोहनी लगाउने परी
फुलबुट्टे पछ्यौरी फुलबुट्टे पछ्यौरी
आँखै गाजले जिस्क्याउँछन् ठिटाले मरँे लाजले
तपाईंले सङ्गीतमा भविष्य देख्नुभएको छ ?
–छ । सम्बन्धित क्षेत्रमा चाहिने आधारभूत कुरा हुनुपर्छ र सङ्गीत क्षेत्रमा आएको म पनि त्यस्तै छु ।
सम्बन्धित क्षेत्रमा दक्षता आवश्यक छ । हरेक क्षेत्रमा भविष्यको सुनिश्चितता छ ।
नेपाली चलचित्र पनि हेर्ने गर्नुभएको छ ?
– छ ।
गीतमा ठिटाले जिस्क्याउँदा त लाज लाग्ने रैछ, बाटामा हिँड्दा कत्तिको जिस्काउँछन् केटाले ?
–बाटामा हिँड्दा जिस्क्याउँछन् तर म चाहिँ जिस्कन्न ।
यस क्षेत्रमा देह व्यापारको कुरा पनि सुनिन्छ, तपाईंको भोगाइ के हो ?
–जहाँ दक्षता हुन्न त्यहाँ समस्या हुन्छ । सम्बन्धित क्षेत्रमा जानुपूर्व त्यसका बारेमा ज्ञान र जानकारी लिएर जाँदा राम्रो हुन्छ । देह व्यापारको कुरा सुनिन्छ । मेरै साथीहरु पैसा र सङ्गीतले मान्छे बिग्रन्छ भन्छन् ।
कला क्षेत्रमा लागेका मानिसहरुको भन्ने र गर्ने फरक हुन्छ रे नि हो ?
–अरुले गर्लान् । नहोला भन्न सक्दिन त म तर मैले चाहिँ त्यस्तो भोगेको छैन । अघिल्लो पुस्ताले गरे पनि होला तर अहिलेकामा छैन ।
प्रेमको अनुभव गर्नुभएको छ कि छैन ?
–प्रेमको अनुभव गर्न पाएको छैन । अहिलेसम्म नै पढ्नमा व्यस्त छु । बाँकी समय रचनात्मक काममा लगाउँदा खासमा प्रेमको परेको छैन । समय नै पुगेको छैन ।
प्रस्ताव गर्ने नआएकै हुन् कि तपाईंले आँट नगर्नु भएको त ?
–प्रस्ताव त कति आए आए । भोलि पनि आउँलान् तर बाल दिने गरेको छैन । धेरैलाई मसँग मन छैन भनेर पन्छाउने गरेको छु ।
सिर्जना बेच्दा कस्तो महसुस गर्नुहुन्छ ?
–मैले त पैसा लिएर अहिलेसम्म सिर्जना बेचेको छु तर पैसा लिएको छैन ।
पछिल्लो समय आमसञ्चारमाध्यममा महिला हिंसाका घटना बढेको खबरहरु आइरहेका छन्, कसरी हेर्नुभएको छ यसलाई ?
–सञ्चार माध्यमका कारण बाहिर आएका हुन् तर महिलहिंसाको घटना पहिलादेखि नै यस्तै थियो । महिलाको सहने बानीले गर्दा यस्तो समस्या सिर्जना भएको हो ।

साभारः ककनी पोष्ट साप्ताहिक

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us