अचम्म ! केटीका बाबुले दाइजोमा १० लाख फेसबुक लाइक मागे

Published on: Thu, Dec 26th, 2013 By

कुनै पनि विवाहमा केटा पक्षले दाइजोका रुपमा लाखौ रुपैयाँ, मोटर, बंगला मागेको र केटी पक्षले केटा जागिरे हुनु पर्ने जस्ता माग राखेको त सुन्दै आएको हो । तर, यमनमा एक साहित्यकार बाबुले आफ्नो छोरीसँग विवाहका लागि फेसबुक लाइक मागेका छन् । युवतीका बाबुले १० लाख फेसबुक लाइक जुटाउनेलाई छोरी दिने घोषणा गरेका छन् । ताइज शहरमा बस्ने सलेमले हुनेवाला ज्वाईँले १० लाख फेसबुक लाइक जुटाउनु पर्ने शर्त राखेका हुन् । त्यो पनि आफ्नो वा हुनेवाला श्रीमतीको नाममा नभई केटीको बाबु सलेम अयाशको फेसबुक पेजमा ।

यमनको अल-अथ्याम अखबारका पत्रकार बशराहीलले यस्तो सर्त पहिलोपटक सुनेको बताए । इन्टरनेटमा थुप्रै ब्लगरहरुले सलेमको पेज लाइक गर्न अपील समेत गरेका छन् । सलेम अयाशको फेसबुक पेज बनेको केही दिनमा नै ३० हजारभन्दा बढी लाइक जुटिसकेको छ ।

फेसबुक लाइक मागेकोबारे सोधिएको प्रश्नमा सलेमले भनेका छन्-’यमनमा दाइजोको रुपमा रकम दिने हैसियत कसैसँग छैन ।’ उनले आफ्नो हुनेवाला ज्वाईँले फेसबुक लाइक जुटाउने प्रयास गरेको हेर्न चाहेको तर, यसमा अड्डी नलिने बताएका छन् । उनले भनेका छन्-’यदि मैले उनले कडा मेहनत गरेको पाएँ भने बैबाहिक जीन्दगी खुसी देख्न म आफ्नो अडानमा लचिलो हुन तयार छु ।’

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us