अमेरिकाको सवैभन्दा अग्लो हिमाल चढे ९ बर्षिय बालकले

Published on: Sun, Dec 29th, 2013 By

९ वर्षका एक बालकले आफ्नो बाबु र एक तिब्बतीसँगै अमेरिकाको सबैभन्दा अग्लो हिमाल एकुन्कागुआको सफल आरोहण गरेर कीर्तिमान राखेका छन् । समुन्द्री शतहबाट यसको उचाई ६ हजार ९ सय ६६ मिटर छ ।

टायलर आर्मस्ट्रङले अर्जेन्टिना एन्डेयमा आफ्नो बाबु र एक तिब्बतीसँगै यो हिमालको आरोहण गरेका हुन् ।

क्रिसमस डेमा हिमाल आरोहण गरेका उनले भनेका छन्–‘वास्तवमा यस्तो जुनु सुकै बच्चाले पनि गर्न सक्छ । सबैले प्रयास गर्नुपर्छ । आफ्नो ध्यान लक्ष्यमा लगाउनुपर्छ ।’

गत वर्ष उनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेका थिए । यो हिमालको उचाई ५ हजार ८ सय ९५ मिटर छ । एकुन्कागुआ आरोहण प्रयासका क्रममा अहिलेसम्म एकसय भन्दा बढीको मृत्यु भएसकेको छ ।

उनका बाबु केविनका अनुसार एकुन्कागुआ आरोहणका लागि टायलरले ६ महिनासम्म दिनमा दुई पटक प्रशिक्षण लिएका थिए । सानो उमेर भएका कारण हिमाल चढ्नु अघि टायलरले न्यायाधीशसँग अनुमति लिनु परेको थियो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us