लेखेरै बाँच्न सकिन्छ भन्ने प्रमाणित गरेँ: प्रतीक ढकाल

Published on: Wed, Jan 8th, 2014 By

विक्रम संवत् २०१६ साल जेठ १३ गते भूटानको दागापेलामा षडानन्द (प्रतीक) ढकालको जन्म भएको थियो । बाल्यावस्थामा गोठालो जाने, माछा मार्ने, डण्डीबियो खेल्ने ढकाल २०१९ सालमा ४ वर्षको उमेरमा भूटानबाट नेपाल आएका हुन् । पुरानो घर झापा भएका उनी अहिले भक्तपुरको मनोहरबस्तीमा बस्छन् । उनले कविताबाट साहित्य यात्रा सुरु गरेका थिए । २०३९ सालमा उनले सानुलाई शोककाव्य नामक कविता सङ्ग्रह सार्वजनिक गरे । कविताबाट शुरु भएको पोइला नियात्रासम्म आइपुग्यो । नियात्रा लेखनपछि उनको चर्चा झन् बढ्यो । सझा प्रकाशनको इतिहासमा लगातार ६ वर्षको रेकर्ड कायम राख्दै ढकालको कृति सर्वाधिक बिक्रीको अग्रस्थानमा पुगेको छ । साझाका अनुसार बिव्रmी भएका पन्ध्रौं स्थानसम्मका पुस्तकहरूमध्ये प्रतीक ढकालका नियात्रा कृतिहरू व्रmमशः प्रथमदेखि छैटौं स्थानसम्म थिए । आफ्ना कृतिको प्रचार गर्न उनी हर उपाय अपनाउने गर्छन् । साना बालबालिकादेखि वृद्धवृद्धाहरूले पनि आफ्ना कृति पढ्ने उनको दाबी छ । पछिल्लो दुई वर्षयता प्रतीक ढकाल रातो पासपोर्ट काण्डमा मुछिए । जसले गर्दा उनको जीवनमा केही समस्या आइलाग्यो, मुद्दा नटुङ्गिएकाले पूर्ण रुपमा साहित्यमा समर्पित भएर लागेका ढकालसँग ककनी पोष्टले गरेको कुराकानी ।

तपाईं किन नियात्राकै पछि हुनुहुन्छ ?
–सुरुमा मैले कविता लेखेँ पछि कथा पनि लेखेँ तर म सरकारी जागिरको सिलसिलमा नेपालका भित्री भागहरूको भ्रमण गर्न सफल भएँ त्यसपछि मैले देखेका कुराहरू एकदमै सजीव ढङ्गले लेखनमार्फत् बाहिर ल्याउनु पर्छ र अन्यलाई पनि जानकारी दिनुपर्छ भन्ने लाग्यो । हाम्रो मुलुक संसारका अन्य देशभन्दा विविधताको हिसाबमा धेरै महत्वपूर्ण र र रमणीय लाग्यो । मानिसहरूले बिभिन्न कारणहरूले त्यी ठाउँमा पुग्न नसकेका हुन्छन् भनेर सबैलाई त्यहीं पुगेको भान हुने गरी जानकारी दिनुपर्छ भन्ने लागेर नियात्राको लेखनमा लागेँको हुँ । यसो भन्दै गर्दा मेरो एउटा लेखकीय कर्तव्य पनि मैले पूरा गरेको छु ।

तपाईंलाई कलम चलाउनका लागि के कुराले प्रेरित ग¥यो ?
–मेरी आमाको म ९ वर्षको हुँदा नै मृत्यु भएको थियो । उहाँ निरक्षर हुनु भए पनि मुखाकार धेरै राम्रा र सुन्दर कवितार शिलोकहरु बाचन गर्नुहुन्थ्यो । कविता र शिलोक भन्न कसैले प्रतिस्प्रर्धा गर्न सक्दैन थिए । आमाले छन्दमै सिलोक र कविता भन्ने गर्नुहुन्थ्यो । जसले मलाई पनि प्रभावित पारेको थियो । जसले गर्दा मेरो लेखन यात्रालाई मजबूत बनाउन सहयोग पुग्यो ।

यहाँले धेरै पुस्तक लेख्नु भएको छ । ती पनि धेरै हिमल केन्द्रित नै छन् । ती पुस्तकहरूमध्ये आफैँलाई अलि बढी मन परेको कुन पुस्तक हो ?
–हरेक पुस्तका विशेषताहरू बेग्लबेग्लै छन् । चीनको विचित्र चि त्र भन्ने मेरो किताब शीर्षकले चीनको होला भन्ने लाग्छ तर, त्यो नेपालका हिमालहरूलाई चाइनाको पाटोबाट हेरिएको पुस्तक हो । अन्य पुस्तहरूको पनि त्यस्तै विशेषता छ ।

तपाईंका नियात्रा पढ्दा पाठकहरू आफैँ घुमेको अनुभुती गर्छन नि ?
–यसले मलाई सिधा–सिधा अर्थमा खुसी दिन्छ । वास्तवमा नियात्राले पाठकलाई आफैँले भोगिरहेको जस्तो महसूस गराउँछ ।

धेरै वर्षदेखि साझा प्रकाशनको सूचीमा तपाईंका पुस्तकहरू सबैभन्दा बढी बिक्री हुनेमा परिरहेका छन् नि ?

– निरन्तर ६ वर्षदेखि मेरा पुस्तकहरू बढी बिक्री हुने पुस्तकको सूचीमा रहेका छन् । अहिले पनि बढी बिक्री हुने पुस्तकको सूचीमा निरन्तर छन् । यसले मलाई अझै बढी उत्साह थपेको छ ।

प्रतीक सरकारी कर्मचारी पनि भएका कारण साझाका कर्मचारीलाई प्रभावमा पा¥यो, प्रतीक आफैँले झोला झोला किताब किन्छ भन्ने आरोपहरू पनि लागेका छन नि ?
– मैले मेरो किताब किन किन्नु पर्छ ? यो सबै जलन हो । कुरा के हो भने साझाका कर्मचारीलाई प्रभाव पारे भनेर हुन्छ । विज्ञप्तिमा प्रकाशित भएअनुसारको पुस्तकको रोयल्टी त्यहाँ दाखिला गर्नुपर्छ । अनि साझालाई घाटा पर्ने गरी कसैले त्यस्तोे गर्छ ? त्यसैले यो आरोप सिर्पm अरोप मात्रै हो ।

नेपाली लेखनको भविष्य कस्तो छ ?
–मैले त एकदम राम्रो देखेको छु । किनभने २०६५÷०६६ तिर मैले साझाबाट १ लाख बुझेको थिएँ । २०६६÷०६७ मा मैले ३ लाख ९७ हजार बुझेँ । त्यही भएर लेखेर हुँदो रहेछ नि त । राम्रो लेखकहरू बिकिरहेका छन् । चलिरहेका छन् । अहिले पनि लेखेरै बाँच्नेहरू धेरै भैसकेका छन् ।

नेपाली लेखकहरू धेरैजसो कपी पेस्ट गर्छन् भन्ने कुरामा कत्तिको सहमत हुनुहुन्छ ?
–अरुले लेखेको विधाको बारेमा त मैले भन्न मिलेन । तर मेरो विधामा त यो कोठामा कल्पना गरेर यात्राको कुरा लेख्न सम्भव हुँदैन । मैले त डाँडा नाघेरै डाँडा नाघेको कुरा लेख्ने हो ।

तपाईंको पछिल्लो पुस्तक ‘अन्नपूर्ण परिक्रमा’को बारेमा केही बताइदिनु न ?
–बीबीसीले एकपटक सर्भे गरी २० वटा स्वर्णिम गन्तव्य सार्वजनिक गरेको थियो । उक्त सर्भे अनुसार ३ नम्बरमा सगरमाथा र १२ नम्बरमा अन्नपूर्ण सर्किट उल्लेख छ । उक्त सर्वेक्षणमा जीवनमा तपाईं मुर्नभन्दा अघि पुग्न चाहेको ठाउँ कुन हो ? भन्ने प्रश्न थियो । त्यसआधारमा संसारका धेरै मान्छेहरू एकपटक ३ नम्बरमा सगरमाथाको आधार शिविरमा पुग्न चाहने रहेछन् र १२ नम्बरमा अन्नपूर्ण सर्किट परिक्रमा गर्न चाहने रहेछन् । विभिन्न विशेषता बोकेको अन्नपूर्ण परिक्रमा गर्न चाहनेहरूका लागि उपयोगी हुने पुस्तकका रुपमा मैले लिएको छु ।

नेपाली लेखनका तीन कमजोरी बताइदिनु न ?
क) निराशावादी लेखन ।
ख) विनाअध्ययन लेख्नु ।
ग) नेपाली पाठकको चाहना नबुझी लेख्नु ।

नेपाली लेखनका तीन सवल पक्ष बताइदिनु न ?
क) लेखेरै बाँच्न सकिन्छ भन्ने देखिएको छ ।
ख) पाठकहरूको अध्ययन गर्ने बानी बढेको छ ।
ग) पाठकहरूले तथ्य खोज्न थालेका छन् ।

साभारः  ककनी पोष्ट साप्ताहिक ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us