हाँसेरै गरौँ भन्छन्ः गायिका सावित्री जोशी

Published on: Wed, Jan 8th, 2014 By

चितवनमा जन्मिएर लोक दोहोरी गीतमा आएकी सावित्री जोशी । धेरै दर्शकको ढुकढुकी हुन् । २२ वर्षको उमेरमै लोक गायनको क्षेत्रमा परिचय स्थापित गर्न सफल जोशी राजधानीको सामाखुशीस्थित उनकै निवास पुगी ककनी पोष्टले गरेको कुराकानी ।

के काममा व्यस्त हुनुहुन्छ ?
–म स्टेज कार्यक्रमहरूमा अलि बढी व्यस्त छु । अनि दोहोरी साँझमा पनि गाउँछु ।

कुन कुन दोहोरी साँझमा गाउनु हुन्छ ?
–अहिले सुन्धारामा रहेको डाँफे दोहोरी साँझमा गाउँछु ।

दोहोरी साँझमा काम गर्ने भनेपछि नकारात्मक दृष्टिकोणले हेर्ने पनि छन् नि ?
–पहिला पहिलाचाहिँ कम बुझेका कारण त्यस्तो भनिन्थ्यो र पैसाका लागि देह व्यापार गर्नेहरू पनि थिए भन्ने मैले पनि सुनेँ । तर अहिले सबैजसो बुझेर यस पेशामा लागेको छन् र यससँग सम्बन्धितहरूले पनि सम्मान गर्छन् । त्यसकारण पहिलाको जस्तो छैन अहिले ।

साच्चिकै छैन ?
–एकदम छैन ।

भनेपछि हावा नचल्दै पात हल्लेको हो त ?
– अहिले त हो । तर पहिला हैन । अग्रजहरूले पनि यस्तो यस्तो हुन्छ भनेर भन्नु हुन्थ्यो । मैलेचाहिँ भोग्नु परेको छैन ।

साङ्गीतिक क्षेत्रमा पछिल्लो समय एल्बमको लहर बढेको छ हो ?
– हो । तर, नजानी नबुझी नै आउने पनि छन् ।

सावित्री जोशीलाई गायनमा आउन कसले प्रेरण दियो ?
–मेरो आमा, बुबा र लोकदोहोरी क्षेत्रका अग्रजहरूको भूमिका महत्वपूर्ण छ । म सानो उमेरदेखि नै गाउनमा अलि बढी नै रुचि राख्थेँ ।
अहिले लोकगीत पछि प¥यो भनेर पनि सुनिन्छ नि ?
–मलाई त्यस्तो भएको जस्तो त लाग्दैन । लोकदोहरी पहिलाको भन्दा झन् माथि उठेको छ ।

कन्सर्ट र महोत्सवहरूमा लोक गायक–गायिकाको माग बढेको छ । तपाई कत्तिको जानुहुन्छ ?
–गइन्छ । ठीक ठिकै गइन्छ ।

आम्दानी कस्तो छ नि ?
–ठाउँ र दूरी हेरी हुन्छ ।

दोहोरी साँझ र कन्सर्टहरूमा गाउँदा केही फरक पाउनु भएको छ ?
–फरक त छ नै । दोहोरी साँझमा एउटै लयमा गीत गाउँदा पनि फरक पर्दैन । तर कन्सर्टमा धेरै चनाखो भएर मन्छेलाई उचाल्नु पर्छ, तताउनु पर्छ ।

दुई भिन्न गायनमा दर्शकहरूको प्रतिक्रिया कस्तो पाउनु हुन्छ ?
–प्रतिक्रिया त्यति फरक हुँदैन । एकै खाले हुन्छ ।

गीत सङ्गीतको क्षेत्रमा स्वअनुशासनको कमी भएको भन्ने कुरा के हो ?
–त्योचाहिँ हो । लोकदोहोरी पनि आधुनिक बन्दै गएको छ । गीतहरू पनि सिआरबिटी मुखी भएका छन् । जे हुनुपर्ने थियो त्यसो हुन सकिरहेको छैन ।

अहिले गायरै बाँच्न सकिने अवस्था छ कि छैन ?
–मान्छेले कुनै पनि काममा विकल्प त रोज्नु नै पर्छ । तर पूर्ण रुपमा यही पेशा अँगाल्ने हो भने बाँच्न र खानैको लागि समस्याचाहिँ पर्दैन ।

राज्यले लोकदोहोरीको संरक्षणमा कस्तो भूमिका खेलिरहेको छ ?
–राज्यले जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । जसले गर्दा लोक संस्कृति लोप हुँदै गइरहेको छ ।

तपाईं लोकदोहोरी कलाकारहरूको संस्थामा पनि हुनुहुन्छ । के यस्ता संस्थाले चाहिँ गर्नै पर्ने काम गरेका छन् त ?
–गरेकै छैन भन्ने त हैन । तर गर्नुपर्ने कामचाहिँ भएको छैन ।

पुरस्कार अवार्डहरूले कलाकारलाई कत्तिको हौसला मिल्छ ?
–एकदमै मिल्छ । अझ प्रतिस्प्रर्धाको भावना बढ्छ र त्यसले झनै राम्रो पनि हुन्छ ।

केही फरक….

संसार नै ध्वस्त हुने अवस्था आएर तपाईं मात्रै बाँच्नु भयो के गर्नुहुन्छ ?
– हा… हा… हा…. सङ्घर्ष गर्थें र नयाँ युग जन्माउने कोसिस गर्थें ।

तपाईंलाई पर्ने एकएक जना लोकदोहोरी गायक गायिकाको नाम भन्नुस् न ?
–गायक रामजी खाँड मनपर्छ ।

विवाहित कि अविवाहित ?
–अविवाहित ।

विवाहलाई कसरी बुझ्नु भएको छ ?
–विवाह जीवनमा नगरी नहुने एउटा बन्धन हो ।

प्रेम के हो ?
–जिन्दगी जिउन सिकाउने एउटा आधार हो ।

तपाईंको पहिलो प्रेम ?
–प्रेम अहिलेसम्म गरेको छैन मैले । मन पराउने चाहिँ हुन्छन् नै तर अफयेर चलेको छैन । मन पराउनेहरू धेरै छन् ।

कसरी आउँछन् प्रेमका प्रस्तावहरू ?
–कसैले जिस्क्याउँछन । कसैले हाँसेरै म तपाईसँग बिहे गर्छु भन्छन् । कसैले आइ लभ यू भन्छन् ।
त्यस्ता प्रस्तावको कसरी सम्बोधन गर्नु हुन्छ ?
–जसले जे भने पनि सुरुमा धन्यवाद भन्छु । र पछि सोचुँला भन्दै टार्छु ।

सेक्स के हो ?
–यो जिन्दगीमा सबैभन्दा बढी आवश्यक कुरा हो । गर्न पर्छ । सेक्स नै नभए जिन्दगी कसरी चल्छ ? त्यही भएर यो एउटा महत्वपूर्ण प्रक्रिया हो ।

तपाईंलाई पुरुषको कुन अङ्गले आकर्षण गर्छ ?
–अङ्ग……। कुन भनौँ । आँखा नै मन पर्छ ।

यदि तपाईंले भन्नु भएको जस्तो पुरुषले सेक्सको प्रस्ताव राखे के गर्नुहुन्छ ?
– हा… हा… हा…. । त्योचाहिँ म आइ एम् सरी भन्छु ।

विवाह अघिको सेक्स ?
–त्यसलाई महत्व दिन्नँ ।

कति गाउनु भो ? सातवटा गएँ । एउटा आफ्नै एल्बम पनि छ ।

तपाईंलाई नै मन पर्ने तपाईंको गीत ?
–हे….. यति ठूलो संसारैभरिमा
कसलाई हे¥यौ यो वरिपरिमा
घामलाई हो कि जूनलाई
लुकी लुकी हेरेको मायाले
मैलाई हो कि कसलाई ?
साभारः ककनी पोष्ट साप्ताहिक ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us