पुरुषको बाहिरी कुरा मनपर्दैनः रीता केसी, गायिका

Published on: Wed, Jan 22nd, 2014 By

मन एल्बममा कस्ता कस्ता गीतहरू समेटिएका छन् ?

–बजारमा रहेको मेरो यस एल्बममा भर्सस्टाइल गीतहरु समावेश गरिएको छ । यसमा पप, लोक, आधुनिक र क्लासिकल गीतहरु समेटिएको छ ।

Rita 3यस एल्बमा कतिवटा गीत समावेश गर्नु भएको छ ?
–यसमा मैले आठ वटा गीत र एउटा ट्रयाक समावेश गरेको छु ।
एल्बमा समावेश भएका गीतहरू सबैमा आफैँले स्वर दिनु भएको छ कि अरुको पनि साथ लिनु भएको छ ?
–छैन । मेरो यो सोलो अर्थात एकल एल्बम हो । सबै गीतमा मेरो आफ्नै स्वर रहेको छ ।
गीत संगीतको क्षेत्रमा कसरी आइपुग्नु भयो ?
–म सानैदेखि गाउँथे । स्कुल लेभलमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा भाग लिएर गाउने गर्थे । पछि गीतमै रुची बढ्दै गयो । त्यहीक्रम बढ्दै जाँदा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि ललितकला कलेजमा संगीत पढ्न थालेँ । त्यसपछि संगीतलाई झनै नजिकबाट बुझ्ने मौका मिल्यो । अहिले त्यही संगीतमा मास्टर्स गर्दै छु । र निरन्तर गीत संगीतमै लागिरहेको छु ।
गाउनु अघि र पछिको अवस्थामा केही फरक पाउनु भयो ?
–मलाई पुरै फरक लाग्यो । मेरो फेमिलिमा कोही पनि कलाकार हुनुहुन्न त्यसकारणले पनि होला मलाई एकदमै सहयोग छ र राम्रो दृष्टिकोणले हेर्नुहुन्छ । रीता मात्रै भन्नेहरु पनि अहिले त कलाकार आइ भनेर सकारात्मक रुपमा हेर्छन र सहयोग गर्छन ।
कलाकारका सम्बन्धमा भएका भ्रमका बारेमा तपाईको भनाइ के हो ?
–यहाँले गर्नुभएको प्रश्नलाई पूर्ण रुपमा हैन पनि भन्न सक्दिन । सकारात्मक र नकारात्मक पक्ष जुनसुकै फिल्डमा पनि हुन्छ । त्यस्तै कलाकारितामा पनि छ । तर, कालाकारित पहिलाको भन्दा अहिले धेरै डेभलपहुँदै आएको छ । धेरैजसो मानिसहरु यस क्षेत्रलाई अध्ययन गरेर आइराख्नु भएको छ । पहिला शिक्षा र चेतना दुबै कमी थियो । जसले गर्दा कलाकारितामा पनि विकृति अलि बढी नै थियो तर, अहिले त्यो लेभल घटेको छ ।
नेपालमा गाएरै बाँच्न सक्ने अवस्था छ ?
–गायनलाई पेशा बनाएर अघि बढ्ने हो भने बाँच्न सकिन्छ ।
आफ्नो एल्बम बाहेक कुन कुन बिधामा गाउनु भएको छ ?
–मेरो यात्रा नै चलचित्र अर्थात पाश्र्व गायनबाट शुरु भएको हो । २०६३ बाट मैले गाउन थालेको हुँ । चलचित्रहरुमा गाउने अवसर पाउँदै जाँदा अन्य धेरै चलचित्रका गीतहरु गाएको छु मैले । २०६९ सालमा राप्ती अवर्ड पनि जितेँ । मैले एल्बम ननिकाल्दै १५० भन्दा बढी गीतमा स्वर दिइसकेको थिएँ ।
महोत्सव र कन्सर्टहरुमा कलाकारहरुको माग बढेको छ नि ?
–म कन्सर्ट र महोत्सवहरुमा पनि गएर गाइरहेको हुन्छु ।
स्टुडियो र स्टेज कुनमा गाउन मजा ?
–स्टुडियोमा गीतको फिलिङमा जानु पर्ने हुन्छ । स्टेजमा दर्शकको मन कसरी जित्ने भन्ने हुन्छ । त्यसकार दुबैको शैली र मजा त फरक छ ।
दर्शकहरुको प्रतिक्रिया कस्तो पाउनु हुन्छ ?
–एकदम राम्रो प्रतिक्रिया दिनुहुन्छ ।
यहाँले चलचित्र आधुनिक लगायत फरक फरक विधाको गीत गाउनु भएको छ । कुन बिधामा गाउन सजिलो ?
–गाउन त मैले भोजपुरी र थारु चलचित्रका गीतहरु पनि गाएको छु । म संगीतको विद्यार्थी पनि हुँ । एउटा सवल गायिका हुन र भएपछि सबैखालका विविध गीत गाउन सक्ने हुनुपर्दछ भन्ने मेरो बुझाइ हो । तथापी म चाहिँ मेलोडी आधुनिक गीतहरु नै बढी गउँछु ।
यस क्षेत्रमा आउन शिक्षा आवश्यक छ र ?
–चर्चित हुनु र शिक्षित हुनु फरक कुरा हो । त्यसकारण सम्भव हुँदा अध्ययन गरेरै यस क्षेत्रमा प्रवेश गर्ने हो भने यसको सुव्यवस्था र सुन्दर भविष्य अझै सुनौलो हुुेनेथियो । र सानैदेखि गाउनमा रुची हुने र स्वरले पनि साथ दिने हुन आवश्यक छ ।
युवाहरु जो गाउन चाहन्छन उनीहरुको लागि के भन्नुहुन्छ ?
–गाउनका लागि यस फिल्डमा आउन चाहने साथीहरुलाई त स्वागत गर्न चाहन्छु । तर यस क्षेत्रमा आउनु अघि सोचेर आउनु भन्न चाहन्छु ।
केही रमाइला कुरा
यदि गायनमा हुनु हुन्थेन भने के गर्दै हुनुहुन्थ्यो होला ?
–म त त्यो कल्पनै गर्न सक्दिन ।
यदि भागवानले तपाईको लिंग परिवर्तन गरी पुरुष बनाइदिनु भयो भने के गर्नुहुन्छ ?
–म …. अलि लाजाउँदै । म पुरुष भएभने पुरुषले गर्ने पहिलो काम गर्थे ।
संसारै नै ध्वस्त हुने अवस्था आएर तपाईमात्रै बाँच्नु भयो के गर्नुहुन्छ ?
–त्यस्तो त सम्भवै छैन । र पनि त्यतीखेर म बाच्नुको अर्थहुँदैन ।
जहिल्यै साथमा राख्ने तीन कुरा के हुन ?
–मोवाइल र पर्स र मेरो व्याग ।
पुरुषको कुन कुराले आकर्षित गर्छ ?
–पुरुषको बाहिरको आकर्षणले मलाई खिच्दैन भित्रि मन बुझेपछि मिलनसार पुरुष नै मलाई मन पर्छ ।
बिबाहित कि अबिबाहित ?
–अबिबाहित ।
तपाईको पहिलो प्रेम ?
–पढाईमा धेरै व्यस्त भएर त्यस्तो गरेको छैन ।
पढाईले प्रेम गर्न रोक्छ र ?
–त्यस्तो त हैन । मन पराउनेहरु त हुन्छन ।
बिबाह के हो ?
–बिबाह दुईजना बीचको सम्झौता हो ।
सेक्स के हो ?
–यो प्राकृतिक हो । त्यसमा वेग्लै मिठास हुन्छ ।
यदि तपाईले भन्नु भएको जस्तो पुरुषले सेक्सको प्रस्ताव राखे के गर्नुहुन्छ ?
–मैले त्यो सोचेको छैन र बिबाह अघिको सेक्सलाई म प्रश्रय दिन्न ।
प्रस्तुतीः विजय उप्रेती/ ककनी पोष्ट साप्ताहिक ।

 

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us