निःशुल्क विश्वभर वाइफाइ उपलब्ध गराउँदै गुगल

Published on: Sat, Jun 27th, 2015 By Sushil Dahal
  इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ । विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ ।

निशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई कार्यरुप दिन गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग गर्दैछ । उक्त परियोजनाका लागि यस्तै प्रकारका १० हजार फोन बुथ प्रयोग गर्ने गुगलको तयारी छ । गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us