बच्चा जन्माउँदा महिलाले लगाउने ट्राउजर

Published on: Sat, Jun 27th, 2015 By Sushil Dahal

बच्चा जन्माउँदा समेत महिलाहरुले सुरुवाल लगाउने ! यो कत्तिको सम्भव होला, आफ्नो ठाउँमा छ । तर मलेसियाको एक कम्पनीले भने बच्चा जन्माउने व्यथा लागेपछि महिलाले लगाउने सुरुवाल तयार पारेको छ । मले मेल नामक वेबसाइटका अनुसार यो ट्राउजर विशेष गरी मुस्लिम महिलाहरुप्रति लक्षित छ, किनकी मुस्लिम महिलाहरुमा आफ्नो सरीरको नांगो भाग अरुलाई देखाउनु हुँदैन भन्ने मान्यता छ, चाहे त्यो सुत्केरी हुने बेलामै पनि किन नहोस् ।

सोही कारणले बच्चा जन्माउने बेलामा समेत सरीरका तल्लो भागहरु छोपियोस् र बच्चा जन्माउनमा समेत कुनै बाधा नहोस् भनेर कम्पनीले बच्चा जन्माउने बेलामा महिलाले लगाउने ट्राउजरको उत्पादन गरेको हो । यो सुरुवाल झ्वाट्ट हेर्दा ट्रयाकसुटको ट्राउजर जस्तै देखिएपनि यसमा एउटा प्वाल हुन्छ, जसबाट बच्चा जन्मिएपछि बाहिर निस्किन सकोस् । मामा प्राइड कम्पनीले उत्पादन गरेको यो पूरै लामो बाउला भएको सुरुवाले सुत्केरीको पूरै खुट्टा ढाक्दछ । यसको मूल्य ११९ रिंगिट तोकिएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us