आइओएस ९ का नयाँ र रोचक १५ विशेषता

Published on: Mon, Nov 2nd, 2015 By Sushil Dahal

गत सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस नाइन सार्वजनिक गरेको हो । नयाँ आइफोन सिक्स एस र सिक्स एस प्लस तथा आइप्याड प्रो मा भने यो पि्रइन्स्टल्ड नै दिइएको छ । अक्टोबर १५ सम्ममा ६१ प्रतिशत एप्पल प्रयोगकर्ताले आइओएस नाइन अपग्रेड गरिसकेको एप्पलले जनाएको छ ।

यद्यपि सामान्य प्रयोगकर्ताले आइओएस ८ र आइओएस ९ बीच खासै भिन्नता नपाउन सक्छन् । तर, एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टममा केही नयाँ, नौला तथा रोचक फिचरहरु थपगरेको छ । ती मध्ये केही मुख्य मुख्य फिचर्स तथा सुविधा यस्ता छन्ः

१.एन्ड्रोइडका डाटा सजिलैसित आफ्नो आइफोनमा सार्नुहोस्:
एप्पलले आफ्नो पहिलो एन्ड्रोइड एप पनि सार्वजनिक गरेको छ । ‘मुभ टु आइओएस’ नामक यो एपको मुख्य उद्धेश्य भनेको एन्ड्रोइड प्रयोगकर्तालाई आइओएस नाइनमा स्थानान्तरण गराउनु नै हो । यो एपले एन्ड्रोइड फोनमा रहेका विद्यमान फोन नम्बरहरु, महत्वपूर्ण डाटा, फोटो, मेल सेटिंग्स, क्यालेन्डर, तथा एसएमएस हिस्ट्री समेत आइक्लाउडमा सारिदिन्छ जुन सजिलै आफ्नो आइफोनमा सार्न सकिन्छ ।

iphone-tips-1

२. ६ अंकको सेक्युरिटी कोड प्रयोग गर्नुस्ः
जब तपाइँ पूराना आइफोनमा सेक्युरिटी सेटअप गर्नुहुन्थ्यो, चाहे टच आइडी फिंगर पि्रन्ट सेन्सरवाला आइफोनमै किन नहोस्, तपाइँलाई अझै पासकोडको आवश्यकता पर्दछ । यो भनेको ४ अंकको पिन हो जसले फिंगर पि्रन्ट सेन्सरले काम नगरेको बेलामा समेत आइफोन खोल्ने ब्याकअपको काम समेत गर्छ । आइओएस ९ मा उक्त पासकोड ६ अंकको बाध्यकारी सेक्युरिटी कोड बनेको छ । यो धेरै सुरक्षित हुनेछ । ह्याकरले तपाइँको आइफोन ह्याक गर्ने जोखिम कम हुनेछ । यदि आइओएस ८ बाट ९ मा अपग्रेड गर्नुभएको हो भने आफ्नो ४ अंकको पासकोडलाई ६ अंकमा बदल्नका लागि निम्न तरिका अपनाउनुपर्छ । सुरुमा सेटिंग्समा जाने, त्यसपछि टच आइडी एण्ड पासकोड अप्सनमा क्लिक गर्ने र चेन्ज पासकोडमा जाने । त्यसक्रममा आफ्नो पूरानो पासकोड थिच्नुपर्छ र नयाँ ६ अंकको पासकोड सिर्जना गरी दुई पटक त्यसलाई थिच्नुपर्छ ।

iphone-tips

३.सर्च सेटिङ
आइओएसमा सेटिंग्स अप्सनमा जानु भनेको अँध्यारोमा चाँबी खोजेजस्तै हो । असंख्य एपहरुमध्ये कुन चाहीँ एपमा के गर्न खोजेको हो भन्ने कुरा खोज्न गाह्रोे हुन्छ । तर आइओएस ९ मा भने सेटिंग्समा सानो सर्च बक्स दिइएको छ । त्यहाँ आफुले खोजेको एप वा किवर्ड टाइप गरेर सर्च गर्न सकिन्छ र खोजेको लिंक प्राप्त गरी चाहेको सेटिंग्स परिवर्तन गर्न सकिन्छ ।

iphone tips 3

४. ब्याट्री खपत घटाउने सजिलो विधि
आइओएस नाइनमा एउटा यस्तो फिचर छ जसका कारण आइफोन प्रयोगकर्ताले आफ्नो आइफोनको ब्याट्री फारो गरेर वा निकै बचत गरेर लामो समयसम्म चार्ज टिकाउन सक्छन् । यसका लागि ‘लो पावर मोड’ उपलब्ध छ । सुरुमा सेटिंग्समा जाने र त्यसपछि ब्याट्री अप्सनमा गएर ‘लो पावर मोड’ एक्टिभेट गर्नुपर्छ । यस क्रममा बढि व्याट्री खपत गर्ने विभिन्न एपहरु निस्क्रिय हुन्छन् ।

iphone tips 4

५. फोटो सेलेक्ट गर्न ड्रयाग गर्नुहोस्ः
यसअघि फोटोज एपमा फोटोहरु डिलिट गर्नका लागि तपाइँले सेलेक्टमा क्लिक गरेर एक एक फोटोमा ट्याप गर्नुपथ्र्यो । तर अब यदि तपाइँले फोटोको पूरै पेज डिलिट गर्नुछ भने सेलेक्ट क्लिक गर्नुहोस् र पूरै फोटोको रो तथा कोलुममा ड्रयाग गर्नुहोस् । त्यसपछि एकैचोटी ती सबै फोटो डिलिट गर्न सकिन्छ ।

iphone tips 5

६. हाइ स्पीड भिडियो खिच्नुहोस्ः
उच्च गतिको भिडियो खिच्नका लागि आइफोन आइओएस नाइनमा एक फिचर छ । यसबाट आइफोनले ६० फ्रेम प्रतिसेकेण्डमा भिडियो खिच्नसक्छ । आइफोनको डिफल्ट सेटिंग्समा १०८० पिक्सेलको ३० फ्रेम प्रतिसेकण्ड गतिको भिडियो हुन्छ । यसलाई ६० फ्रेममा लैजानका लागि सेटिङमा जाने, फोटोज एण्ड क्यामेरा अप्सनमा गएर रेकर्ड भिडियोमा क्लिक गरी ‘६० फ्रेम पर सेकेण्ड’ सेट गर्ने । त्यस्तै स्लो मोसनमा समेत भिडियो खिच्न सकिन्छ जसमा भिडियो ७२० पिक्सेलको हुन्छ ।

iphone-tips-6

७. आइप्याडको स्क्रिन टुक्राउनुहोस्ः
आइओएस ९ भएको आइप्याडमा विभिन्न रोचक फिचर्स छन् । जसमध्ये आइप्याण्डको स्क्रिलाई विभिन्न भागमा विभाजन गर्न सकिन्छ । ‘स्प्लीट भ्यू’ नामक फिचर्स हो यो । दायाँबाट आइप्याडको स्क्रिन स्वाइप गरेपछि मल्टीटास्किङ साइड बार देखा पर्छ । त्यसपछि तपाइँले आइप्याडको स्क्रिमा एकसाथ विभिन्न एप खोलेर सँगै चलाउन सक्नुहुन्छ । यो फिचर आइप्याड प्रो, आइप्याड एयर टू तथा आइप्याड मिनि फोरमा उपलब्ध छ ।

iphone tips 7

८. सबै सेल्फी एकैठाउँमा हेर्नुहोस्ः
आइओएस नाइनको फोटोज एपमा एउटा डेडिकेटेड एल्बम छ, जसको नाउँ हो ‘सेल्फीज’ । सेल्फी क्यामेरा अर्थात् फ्रन्ट क्यामराले खिचेका सबै फोटोहरु यहीँ फोल्डरमा गएर बस्दछन् ।

selfee

९.हल्लाएर अनडु गर्ने अप्सन बन्द गर्नुहोस्ः
आइफोनमा ‘सेक टु अनडु’ अप्सन छ जसका माध्यमबाट तपाईले टाइप गरिरहेको कुनै म्यासेज अन डु गर्न चाहेमा फोन हल्लाउनुपर्छ । स्टिभ जब्सले ल्याएको यो आइडिया वास्तवमै आइफोन प्रयोगकर्ताका लागि औचित्यहिन सावित भइसकेको छ । निकै कम प्रयोगकर्ताले मात्र यो फिचर प्रयोग गरेको थाहा पाएपछि एप्पलका अहिलेको प्रमुख कार्यकारी अधिकृतले ‘सेक टु अनडु’ फिचर हटाउने निष्र्कषमा पुगेका हुन् । तत्कालका लागि यो फिचर आइफोनमा त छ, तर प्रयोगकर्ताले त्यसलाई डिसएवल गर्न सक्छन् । यसका लागि सेटिंग्समा जाने, जनरल अप्सनमा रहेको एसेसिबिलिटीमा उपलब्ध सेक टु अनडु नामक अप्सनलाई टर्नअफ गर्नुपर्छ ।

undo-the-shake-to-undo

१०. वाइफाइ नहुँदा स्वतः मोबाइल डाटा प्रयोग गर्नुहोस्ः
अहिलेसम्म आइफोनमा वाइफाई कनेक्सन उपलब्ध भए स्वतः मोबाइल डाटा अफ गरी वाइफाई अन हुने सुविधा मात्र थियो । तर, अब तपाईले त्यसको ठिक विपरित वाइफाई सिग्नल नभए स्वतः मोबाइल डाटा अन गर्ने सुविधा पनि पाउँदै हुनुहुन्छ आइओएस ९ मा । ‘वाइफाइ एसिस्ट’ नामक यो फिचरले वाइफाइ नभएको बेलामा स्वतः मोबाइल डाटा अन गरिदिन्छ । यसका लागि सेटिंग्समा गएर सेलुलर अप्सनलाई एक्टिभेट गर्नुपर्छ, जुन डिफल्ट नै रहेको हुन्छ, प्रायः ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us