२ सय भन्दा माथिको रिचार्जमा बोनस अफर

Published on: Sat, Dec 12th, 2015 By Sushil Dahal

२६ मंसिर, काठमाडौं । कम मूल्यका रिचार्जकार्डका कारण सिस्टममा लोड बढेपछि नेपाल टेलिकमले बढि मूल्यका रिचार्ज कार्ड किन्ने प्रोत्साहन गर्न थालेको छ । टेलिकमले दुर्इसय रूपैयाँभन्दा धेरै मूल्यको रिचार्जकार्ड किन्दा बोनस पाइने अफर ल्याएको छ । मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोनस पाउने भएका छन् ।

यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउछन् । त्यसैगरी, एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने छ । रिचार्जमा धेरै समस्या अाएको भन्दै ग्राहकले गुनासो गरेपछि टेलिकमले समस्या समाधानका लागि अग्रसरता देखाएको हो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us