नेटफि्लक्स अब बिश्वभरबाट हेर्न सकिने

Published on: Fri, Jan 8th, 2016 By Sushil Dahal

इन्टरनेटमार्फत् टीभी सो र सिनेमा हेर्न निकै लोकप्रिय बनेको नेटफि्लक्स अब नेपालीमा पनि हेर्न सकिने भएको छ । कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०१६’ को अबसर पारेर बिहीबार अमेरिकाको लस भेगासमा आयोजित कार्यक्रममा कम्पनीले आफ्नो सेवा विस्तारको घोषणा गरेको हो । यसअघि ६० वटा मुलुकमा मात्र सिमित रहेको नेटफि्लिक्स एकै दिन १३० वटा थप मुलुकमा हेर्न सकिने भएको छ । अब १९० वटा मुलुकमा यो सेवा हेर्न सकिने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङले चीन, उत्तर कोरिया, क्रिमिया, सिरिया लगायतका प्रतिबन्धित मुलुकहरुमा मात्र आफ्नो कम्पनीको सेवा पुर्‍याउन नसकिएको बताए । अब यो बिश्व्ब्यापी टीभी नेटवर्क वनेको छ, जुनसुकै देशबाट, जुनसुकै समयमा मन लागेको चीज दर्शकले हेर्न पाउनेछन्’ सीइओ ह्यासटिङले भने- इन्टरनेट माध्यमको उपयोग गर्दै हामीले उपयोक्तालाई सवै अधिकार सुम्पेका छौं ।’

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us