पाँचौ पटकमा लियोनार्दोलाई ओस्कर

Published on: Tue, Mar 1st, 2016 By Sushil Dahal

छैटौं पटकको ओस्कार मनोनयनमा लियोनार्दोले पहिलो ओस्कर अवार्ड जितेका छन् । फिल्म अवार्डमा संसारकै सबैभन्दा प्रतिष्ठित मानिने एकेडेमी उर्फ ओस्कर अवार्डमा लियोनार्दोले ‘द रेभेनान्ट’ बाट उत्कृष्ट अभिनेता ठहरिएका हुन् । यस पटक अभिनेताका लागि धेरैले लियोनार्दोले नै हकदार ठहरिने अनुमान गरेका थिए, जसलाई ओस्करले पनि नकार्न सकेन ।

त्यसैगरी, ‘द रुम’ का लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । मनोनयनमा ‘द रेभेनान्ट’ अगाडि देखिए पनि उत्कृष्ट फिल्ममा भने ‘स्पटलाइट’ ले बाजी मार्‍यो । टम म्याकार्थीले निर्देशन गरेको उक्त फिल्म पत्रकारहरूको एउटा टिमले गरेको खोजमूलक रिपोर्टिङको कथामा आधारित छ ।

निर्देशकमा लगातार दोस्रो वर्ष पनि अलेजान्द्रो गोन्जालेज इनारितु नै उत्कृष्ट ठहरिए । मेक्सिकन अलेजान्द्रोले गत वर्ष पनि ‘बर्डम्यान’ का लागि निर्देशकको ओस्कर पाएका थिए ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us