आलियाका २२ वर्ष पछिको निडर गतिविधि

Published on: Tue, Mar 15th, 2016 By Diwas Pokhrel

मुम्बई । बलिउड हिरोइन आलिया भट्ट २२ वर्ष पूरा भएकी छिन्। २३ औं जन्मदिनमा उनलाई बलिउड फ्यानले शुभकामना दिइरहेका छन्। आलिया आफ्ना गतिविधिबाट डराउँदिनन् बरु त्यसलाई शिक्षाका रुपमा लिन्छिन्। उनी राम्री छिन्, क्षमतावान छिन् र रमाइलो गर्न रुचाउँछिन्। जन्मदिन पारेर हिन्दुस्तान टाइम्सले २२ वर्षे आलियाका ११ जानकारी प्रस्तुत गरेको छ –

मेकअपमा सचेत

कसरी आफूलाई सजाउने भन्नेमा आलिया निक्कै सजग छिन् र आफूलाई केन्द्रमा राख्न खप्पिस। आफ्नो लिपिस्टिकको रङ र बाहिरी पोशाक मिलाउन उनको ध्यान केन्द्रित हुन्छ। आइब्रोको कलर र लिपिस्टिकबीच पनि सन्तुलन मिलाउन उनी खप्पिस छिन्।

सजिलो पहिरन प्राथमिकता

धेरै मानिसहरु कुन ठाउँमा के लगाउने भन्नेमा निक्कै समय खर्चिन्छन्। आलिया यसमा फरक छिन्। उनलाई जे लगाउन सजिलो हुन्छ त्यही पहिरनमा निस्किन्छिन्। औपचारिक कार्यक्रममा उनी सेलिब्रिटी भएकाले लगाउने पोशाक बाहेकका गतिविधिमा उनी सहज पहिरनमै उत्रिन्छिन्।

क्षमता विस्तारमा रुची

फुर्सदका समयमा उनी त्यसै समय खेरा फाल्दिनन्। आफ्नो क्षमता विस्तारका लागि केही न केही काम गरिरहेकी हुन्छिन् उनी। त्यसैले कहिले नाच्दै देखिन्छिन त कहिले गाउँदै।
अरुलाई मनोरञ्जन दिन बिर्सिन्नन्

फिल्मबाहेक उनी आफ्ना फ्यानलाई सामाजिक सञ्जालबाट केही न केही प्रस्तुत गरिरहेकी हुन्छिन ताकि उनका प्रशंसकले मनोरञ्जन पाइरहुन।
महत्वमा साथीहरु

आलिया आफ्ना साथीहरुसँग आउटिङमा भेटिन सक्छिन्। उनलाई साथीहरुको साथ सधै मन पर्छ र आफ्ना साथीहरुसँगै आउटिङ जानु उनको सौख। हामीले आफ्ना साथीहरुसँग कन्ट्याक्टमा रहिनरहन सक्छौं तर आलिया त्यसलाई मेन्टेन गर्न सफल छिन्।

लुकिङ कुल एक्टिङ सिल्ली

आफूलाई धेरै सिरियसली लिन्नन् उनी। त्यसैले उनको लुकिङलाई मानिसहरुले क्विन अफ सिल्ली फेस पनि भन्ने गर्छन्। आफूमै रमाउन सक्ने उनी अरुले के भन्छन् भन्नेमा मतलव गर्दिनन्।
फरक देखिन डराउँदिनन्

सबै एकै हुने हो भने संसार विरक्त लाग्दो हुन्छ भन्ने उनलाई लाग्छ। त्यसैले उनी फरक देखिन डराउँदिनन्।
फन्नी हुनु सबैभन्दा राम्रो

उनलाई फन्नी बन्न मन लाग्छ। फन्नी नहुने हो भने मानिसहरुसँग घुलमिल हुन रमाइलो नहुने उनको धारणा छ। उनी जोक गर्न पनि सिपालु छिन्।

प्रस्ट अडानमा आलिया

उनी आफूलाई ठीक लागेको छ भने प्रस्ट रुपमा उभिन्छिन्। धेरैजसोले भने सत्य थाहा हुँदाहुँदै पनि त्यसलाई एक्सप्रेस गर्न सक्दैनन्।

मन पराउनेलाई माया

उनी जो उनलाई मन पराउँछन् तिनलाई माया गर्छिन्

खानाको सौखिन
उनी खाना खाने विषयमा एकदम सौखिन छिन्। स्किन केयर गर्ने नाममा खाना नखानेहरुका लागि उनी चुनौती हुन्

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us