डिजे तेन्जिङ सान फ्रान्स्सिकोमा

Published on: Thu, Mar 17th, 2016 By Diwas Pokhrel

४ चैत्र, क्यालिफोर्निया । बरिष्ठ डिजे तेन्जिङ शेर्पा आज सान फ्रान्स्सिको आइपुग्नु भएको छ । मार्च २० का दिन सान फ्रान्ससिस्कोको ११११ गौफ स्ट्रीटमा सम्पन्न हुन गइरहेको ‘क्यालिफोर्निया शेर्पा लोसार साँझ २०१६’ कार्यक्रम प्रस्तुत गर्न आउनु भएको आयोजक संस्था क्यालिफोर्निया शेर्पा एसोसिएसनले जानकारी गराएको छ ।

डिजे शेर्पालाई आज सान फ्रान्स्सिको अन्तर्राष्ट्रिय विमान स्थलमा एसोसिएसनका संस्थापक अध्यक्ष फुरी शेर्पा, उपाध्यक्ष आङङिमा शेर्पा र सदस्य निनिम शेर्पाले स्वागत गर्नु भएको छ ।

बे एरिया, शान्ता रोजा, नापा, सन्नि बेल लगायत आसपासका नेपालीहरुले बरिष्ठ डिजे तेन्जिङको कला प्रस्तुतीलाई व्यग्र प्रतिक्षा गरेको बुझिएको छ ।

‘क्यालिफोर्नियामा पहिलो पटक मैले कला प्रस्तुत गर्ने अवसर पाएको छु, यो मेरो लागि अत्यन्तै उत्सुकताको विषय बनेको छ,’ डिजे शेर्पाले भन्नुभयो, ‘मैले यस भन्दा अघि अमेरिकामा तीन पटक कार्यक्रम प्रस्तुत गरिसकें, यो कार्यक्रममा मैले नौलोपन दिन सक्छु भन्ने विश्वास लिएको छु ।’

संगीतकार शेर्पाका अनुसार २६ मार्चमा न्यूयोर्कमा आयोजना हुन गइरहेको ‘फेन्डसिप लोसार साँझ’ कार्यक्रममा भाग लिन त्यसतर्फ जाने जानकारी प्राप्त भएको छ । डिजे शेर्पाले हालसम्म बेल्जियम, कोरिया, जापान, इज्रायल, जर्मनी, फ्रान्स, पोर्चुगल, स्पेन र भारतमा आफ्ना कलाहरु प्रस्तुत गरिसक्नु भएको छ ।

IMG_1901

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us