क्यालिफोर्नियामा शेर्पा लोसार केही समयपछि सुरु हुने

Published on: Sun, Mar 20th, 2016 By Diwas Pokhrel

८ चैत्र, सान फ्रान्स्सिको । क्यालिफोर्निया शेर्पा एसोसिएसनले आयोजना गरेको ‘क्यालिफोर्निया शेर्पा लोसार साँझ २०१६’ सुरु हुने अवस्थामा छ । बरिष्ठ डिजे तेन्जिङ शेर्पाको प्रस्तुति रहने भएको हुँदा नेपाली जनसमुदायको बाक्लो उपस्थिति रहने बुझिएको छ ।
कार्यक्रममा भाग लिन डिजे तेन्जिङ नेपालबाट आइ सक्नुभएको हुँदा उहाँको प्रस्तुतिलाई प्रतिक्षा गरेर बसेका लाक्पा शेर्पा संगीतमा रमाउन उत्सुक रहेको बताउँदछन् । आज साँझ पाँच बजेबाट कार्यक्रम सुरु हुने आयोजनक संस्थाले जनाएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us