चितवनमा पानीको मूल्य निर्धारण

Published on: Mon, Apr 11th, 2016 By Diwas Pokhrel

२९ चैत्र, चितवन । गर्मीयामसँगै नेपालमा पानी विक्रेताहरुले मनपरी मूल्य तोक्न थालेपछि चितवनमा भने मिनरल वाटरको मूल्य घटेको छ । चितवनमा एक लिटर मिनरल वाटरको बोतल १८ रुपैयाँमा पाइने छ । यसअघि २५ रुपैयाँ पर्ने गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय र चितवन वाटर बोतल उद्योगी व्यवसायी संघबीच भएको छलफलले पानीको नयाँ खुद्रा मूल्य तय गरेको व्यवसायी संघले जानकारी गराएको छ । नयाँ मूल्य नयाँ वर्षबाट लागु हुनेछ ।

उपभोक्ता र उद्योगबीच रहेको मूल्य अन्तरलाई कम गराउने प्रयास स्वरुप नयाँ मूल्यले तोकिएको र यसले उपभोक्तालाई राहत पुग्ने चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंले बताउनुभयो ।

प्रति बोतलको खुद्रा मूल्य १८ रुपैयाँ भन्दाबढी लिएको पाइए कारबाही हुने प्रमुख जिल्ला अधिकारी सिंले बताउनुभयो । चितवनमा आठ वटा कम्पनीले बोतलको पानी उत्पादन गर्दै आएको छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us