कलिउडलाई बलिउड अनि बलिउडलाई हलिउड !

Published on: Mon, Apr 18th, 2016 By Diwas Pokhrel

७ बैशाख, काठमाडौं । जसरी नेपाली कलाकारहरुमा बलिउड यात्राको सपना हुन्छ , त्यसैगरी बलिउड कलाकारहरुका लागि हलिउड सपनाको शहर हो । हिजोआज क्रमशः बलिउडका कलाकारहरुले हलिउड यात्रा तय गर्न विशेष प्रयासहरु गरिरहेका पाइन्छन् र केही कलाकार सफल पनि भएका छन् । बलिउडका सुपरस्टार अमिताभ बच्चनदेखि अन्य कलाकारहरु पनि यो यात्रामा लालायित देखिन्छन् , चाहे उनीहरुले यसबारे प्रत्यक्ष रुपमा केही बताउँन वा नबताउँन तर प्रष्ट कुरो हलिउडको यात्रा हुन् ।

पछिल्लो चरणमा बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी टेलिश्रृँखलामा राम्रो भूमिका पाएकी छिन् र उनी हलिउडमा क्रमशः चर्चामा आईरहेकी छिन् । केही हप्ताअघि सम्पन्न ओस्कार पुरस्कार वितरण समारोहमा पनि उनले पुरस्कार वितरण गरिन् भने अर्की बलिउड नायिका दीपिका पादुकोण पनि हलिउडमा जम्नका लागि पर्याप्त मेहनत तथा कोशिस गरिरहेकी छिन् । यस प्रयोजनका लागि उनी लामो समयदेखि हलिउडमा नै छिन् फलस्वरुप तत्कालै दीपिका बलिउडका फिल्ममा देखिने छैनन् ।

एक समाचार अनुसार फेरि एक अर्का बलिउड कलाकार हलिउड फिल्ममा काम गर्ने सुरसारमा छन् , उनी हुन् अनिल कपूर । आउँदो एक महिनाभित्र यसबारे सबै कुरा तय हुने जानकारी उनले दिएका छन् । यसअघि पनि अनिलले अंग्रेजी फिल्म स्लम डग मिलिनियरमा काम गरिसकेका छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us