अब सनी लियोनी लेखिका !

Published on: Mon, Apr 25th, 2016 By Diwas Pokhrel

मुम्बई । अश्लील ९ पोर्न ० फिल्मकी रानी सनी लियोनीलाई बलिउडलाई सहर्ष स्वीकार गरेको पनि निकै समय हुन थाल्यो । यस क्रममा उनको विभिन्न रुप तथा अवतारहरु पनि देखिन थालेको मात्र नभई भारतमै गुगल सर्चमा ठूला हस्तीहरुलाई समेत पछि पारेकी छिन् ।

नेपाली मदिराको विज्ञापनमा समेत देखिन भ्याएकी सनी अब नयाँ भूमिकामा पनि देखापर्न थालेको समाचार छ । टाइम्स अफ इण्डिया अनलाइनका अनुसार सनीको नयाँ अवतार लेखिकाका रुपमा हुँदैछ , ‘स्वीट ड्र्म्सि’  शिर्षक दिइएको यो पुस्तक लघु कथा संग्रह हो जसमा १२ वटा लघुकथाहरु समावेश गरिएका छन् । लेखनबारेमा कुनै कुरा दिमागमा नभएपनि आफुसँग भएका केही ु विचार ु प्रयोग गरेर कथा लेखेको उनको भनाई छ । पोर्न की रानीले महिला, यौन तथा सामाजिक परिवेशलाई कथाका विषयवस्तु बताएकी छिन् ।

पुस्तक प्रकाशक जुगरनट बुक्सले लघुकथा संग्रह प्रकाशित गर्ने मनसायसहित आफुकहाँ प्रस्ताव ल्याउँदा यसलाई चुनौतीका रुपमा लिएको र तीन महिनाभित्र लेखन कार्य सम्पन्न गरेको भनाई यी ३४ वर्षीया भारतीय मूलकी कलाकारको छ । पुस्तकका प्रायः सबै कथा यौनसँग सम्बन्धित भए पनि सबै काल्पनिक तथा आफ्नो वास्तविक जीवनसँग कुनै सम्बन्ध नरहेको पनि सनीले जानकारी दिएकी छिन् ।

पुस्तकमा समावेश कथाहरु सामाजिक परिवेशभित्रै रहेर लेखिएका र विशेष गरी महिला पाठकहरुलाई पढ्न कुनै अप्ठयारो नहुने भनाइ पनि उनको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us