फोल्ड गर्न मिल्ने स्मार्टफोन आउँदै

Published on: Mon, May 30th, 2016 By Sushil Dahal
चिनियाँ कम्पनी ‘मोक्सी’ ले फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने भएको छ। यो विश्वकौ पहिलो फोल्ड गर्न मिल्ने फोन भएको र सुरुवाती चरणमा एक लाख सेट बजारान पठाउने तयारी गरिरहेको कम्पनीले जनाएको छ।
यो फोन एकदमै पातलो र बलियो हुनेछ जनाइएको छ। सुरुमा यस स्मार्टफोनमा ब्ल्याक एण्ड ह्वाइट कलरको स्क्रिन निकाल्ने कम्पनीले जनाएको छ। मोक्सीको यस स्मार्टफोनमा ५.२ इन्चको स्क्रिन र तौल २ सय ग्राम हुनेछ। यसलाई ब्रासलेट जस्तै हातमा लगाउन मिल्ने छ। यस फोनको मूल्य करिब ६ सय ७६ अमेरिकी डलर पर्ने कम्पनीले जनाएको छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us