व्यवस्थापिका संसदको मानवअधिकार तथा सामाजिक समिति ९ दिनमा पछि समिति केसीलाई भेट्न पुगे

Published on: Mon, Jul 18th, 2016 By Sushil Dahal

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा अनसन बसेको ९ दिनपछि वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न व्यवस्थापिका संसदको मानवअधिकार तथा सामाजिक समिति सोमबार टिचिङ पुगेका छन्। समिति सभापति सुशील श्रेष्ठको नेतृत्वमा विहान ११ बजे टोली अनसनस्थल पुगेको थियो। केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको र उनको जीवनरक्षाका लागि चौतर्फी दबाब बढेपछि समिति केसीलाई भेट्न पुगेको हो।

‘हामी यो विषयमा गम्भीर छौं, पहिलेदेखि हेरिरहेका छौं,’ सांसदहरूले भने। अनसनरत् केसीलाई अहिले अक्सिजनको सहारामा राखिएको छ। सांसदहरूले उनको स्वास्थ्यस्थितिलाई ख्याल गरेर आफूहरूले कदम चाल्ने आश्वासन दिएका थिए। सांसदलाई केसीका मागबारे सहयोगीले जानकारी दिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग र चिकित्सा क्षेत्र सुधार, विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग राख्दै केसी अनसनमा बसेका हुन्।

अनसनको  ९ औं दिन अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका सांसदहरुलाई उपस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका विद्याथीले नारा लगाएर व्यंग्य कसेका थिए। ‘सांसदको चिल्लो कार, कति गर्छौ भ्रष्ट्राचार तथा ‘सांसदज्यू ढिलो भएन’ भन्ने नारा सुनेका सांसदहरुले डा.केसीको पक्षमा उभिने प्रतिबद्धता जनाएर फर्किए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us