९ वर्षदेखि पसलमा कार्यरत बिरालो, जसले छुट्टी पनि लिएको छैन

Published on: Tue, Sep 27th, 2016 By Sushil Dahal

न्युयोर्कको चाइनाटाउन एरियाको यो पसलमा बिरालोलाई पहिलो पल्ट ल्याएको थियो। बोबोलाई पसलमा यहाँका कर्मचारी तथा एउटी महिला वकिल एनी मिलेर हेरविचार गर्छन्। आनी दैनिकी पसलमा आउँछिन र बेलाबखत बोबोलाई भेटेनरी लान्छिन् र खाना पनि ख्वाउछिन्। बोबो पछिल्लो समय यो एरियाको सेलिब्रिटी नै भइसकेको छ। उसलाई हेर्न थुप्रै व्यक्तिहरू पसल आउने गर्छन्।

बोबो पसलको ढोका नजिकै बस्छ र आगन्तुकलाई अभिवादन गर्छ। पसलको भित्रै एउटा भित्तामा बोबोका लागि सुत्न र बस्न अलग्गै टेबलको व्यवस्था गरिएको छ। बोबा टेबलको माथि बसेर झयालबाट बाहिरको दृश्य हेर्न खुब मन पराउछ। ‘बोबोको व्यक्तित्व सौम्य र मिलनसार छ। ऊ पसलको राजा हो,’ एनी भन्छिन्। बोबो पसलमा आउने ग्राहकलाई मनोरञ्जन मात्र दिदैन, पसलमा रहेका सामानको पनि हेरविचार गर्छ। एनीले बोबोको विभिन्न क्रियाकलापलाई तयार पारेर एउटा डकुमेन्ट्री नै इन्स्टाग्राममा हालेकी छिन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us