“पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज” रक्षामन्त्री खाँण

Published on: Tue, Jan 24th, 2017 By Diwas Pokhrel

११ माघ, चितवन । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट गर्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो–“पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज हो, यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुने छ।” रासस

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us