आप्रवासीलाई देशबाट बाहिर निकाल्ने प्रक्रियालाई अघि बढाउन नयाँ निर्देशन जारी

Published on: Wed, Feb 22nd, 2017 By Diwas Pokhrel

११ फागुन, काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई देशबाट बाहिर निकाल्ने प्रक्रियालाई अघि बढाउन नयाँ निर्देशन जारी गरेको छ । यो निर्देशनसँगै आपराधिक गतिविधिमा संलग्न र आवश्यक कागजपत्र नभएकाहरु प्रभावित हुने छन् ।

गम्भीर अपराध कार्यमा संलग्न मानिसका साथ साधारण ट्राफिक कानून तोड्ने, पसलका सामान चोरी गर्ने मानिसलाई पनि देश निकालामा पर्ने छन् ।

साथ साथ अमेरिकाको सुरक्षामा खतरा रहेका आप्रवासीसमेत निकालाको निशानामा परेका छन् । यो आदेशसँगै एक करोड १० लाख विदेशी मानिसमाथि असर पर्नेसक्ने बीबीसीले जनाएको छ ।

तर ओबामा शासनकालका बीच अमेरिकामा अमेरिका प्रवेश गरेका बच्चालाई छुट दिएइने जनाइएको छ । होमल्याण्ड सुरक्षा विभागले यसलाई लागू गर्नका लागि १० हजार अतिरिक्त अधिकारीलाई नियुक्त गर्ने योजना बनाएको छ ।

विभागका अनुसार यो ‘सीमित अपवादका अलावमा सुरक्षा विभागको कुनै पनि वर्गा या श्रेणीको बाहिरी व्यक्तिलाई हटाउन पछि हट्ने छैन । उनीहरुले अध्यागमन कानूनलाई उल्लंघन गर्नेलाई अमेरिकाबाट निकाला गर्न सकिन्छ ।

मंगलबार होमल्याण्ड सुरक्षा मन्त्री जोन केलदी जोदोले निर्देशन जारी गरेका छन् । नयाँ निर्देशन अनुसार पक्राउ परेका मानिसले दुई वर्षदेखि अमेरिकामा लगातार बसिरहेको प्रमाणित गर्नुपर्ने छ ।

सावित गर्न नसक्नेमाथि कुनै अदालती प्रक्रिया विनानै देशबाट निकाला गर्न सकिनेछ । नयाँ नियम कडाइका साथ लागू हुँदा अमेरिकामा गैरकानुनी रुपमा रहेका नेपाली समेत प्रभावित हुनेछन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us