देश छोड्न दबाब दिँदै गोली प्रहार

Published on: Sun, Mar 5th, 2017 By Diwas Pokhrel

२२ फागुन अमेरिका । अमेरिकामा एक भारतीयमूलका नागरिकमाथि देश छोड्न दबाब दिँदै गोली प्रहार भएको छ । वासिङ्टन राज्यको केन्ट शहरमा सवारी चालकको रुपमा काम गर्ने भारतीय मूलका शिख नागरिकलाई एक व्यक्तिले अमेरिका छोड भन्दै हातमा गोली प्रहार गरेका हुन् ।
उनलाई केन्टमा आफ्नो घर नजिकै बाहिर गाडीमा बसिरहेको बेला गोली प्रहार भएको हो । गोली लागेर घाइते भएका उनको उपचार भैरहेको छ । आधा अनुहार ढाकेका अन्दाजी ६ फुट अग्ला व्यक्तिले गोली हानेको पीडितले बताएका छन् । उनैले दिएको हुलियाको आधारमा गोली हान्नेको खोजी भइरहेको छ ।
केहि हप्ताअघि मात्र अमेरिकामा एक भारतीय इन्जिनियरको गोली हानी हत्या भएको थियो । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि आप्रवासीले असुरक्षित महसुस गर्न थालेका छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us