क्यालिफोर्नियामा ल्हप्सो कार्यक्रम सम्पन्न

Published on: Mon, Mar 6th, 2017 By Diwas Pokhrel

२३ फागुन, अमेरिका । क्यालिफोर्निया शेर्पा एसोसिएसनले सान फ्रान्सिस्को नजिक (अलमेडा), क्यालिफोर्नियामा ल्हप्सो कार्यक्रम सम्पन्न गरेको छ ।
क्यालिफोर्निया बे एरियामा बसोवास गर्दै आएका शेर्पा समुदायको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा सयौंको संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।
धर्म, संस्कृति र पहिचानलाई संरक्षण गर्ने संघको उद्देश्य अनुसार वर्षेनी कार्यक्रमको आयोजना गरिंदै आएको संघका अध्यक्ष आङङिमा शेर्पाले जानकारी गराउँनु भएको छ ।
यस किसिमको कार्यक्रमले भावी सन्नततिलाई संस्कृतिका बारेमा जानकारी गराउन मदत पुग्ने विचार संघका केन्द्रीय कार्य समिति सदस्य पासाङ ग्याल्जे शेर्पाले व्यक्त गर्नु भएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us