नामिबियामा मलेरियाबाट चौधको मृत्यु

Published on: Tue, Mar 14th, 2017 By Diwas Pokhrel

(नामिबिया), १ चैत । यहाँका स्वास्थ्यमन्त्री बर्नाड हाउफिकुले मलेरियाका कारण मार्च महिनामा १४ जनाको मृत्यु हुनुका साथै करिब सात हजार नागरिक बिरामी भएको बताउनुभएको छ ।

मङ्गलबार सञ्चारमाध्यमसँग मलेरिया समस्याबारे कुराकानी गर्दै हाउफिकुले भन्नुभयो, मलेरियाका कारण हजारौँ नामिबियाली नागरिक बिरामी भएका र १४ जनाको मृत्यु भएपछि नामिबिया सरकारले यसलाई नियन्त्रण गर्ने प्रयासका लागि एक लाख २३ हजार नामिबियाली डलर छुट्याएको छ ।

रोगलाई पूर्ण नियन्त्रणमा ल्याउन थप रकम पनि आवश्यक देखिएको भन्दै छिट्टै यसको पनि व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

नामिबियाका ग्रामीण क्षेत्रमा मलेरियाबाट गाउँलेहरूले एकपछि अर्को गर्दै ज्यान गुमाएपछि सरकारले मलेरिया नियन्त्रणलाई लक्षित गरी कार्यक्रमहरू ल्याएको छ । रासस / सिन्ह्वा

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us