क्यालिफोर्नियामा ‘लोसार साँझ–२०१७’ को पूर्व तयारी पूरा

Published on: Fri, Mar 17th, 2017 By Diwas Pokhrel

५ चैत्र, सान फ्रान्सिस्को, अमेरिका l क्यालिफोर्निया शेर्पा एसोसिएसनले हरेक वर्ष आयोजना गर्दै आएको ‘लोसार साँझ–२०१७’ को तयारी पूरा भएको जानकारी संघका अध्यक्ष आङङिमा शेर्पाले गराउनु भएको छ ।

नेपालका ख्यातिप्राप्त कलाकारहरुको साँङ्गेतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण हुने कार्यक्रममा
उपस्थितिका लागि क्यालिफोर्निया बे एरिया र आसपासका नेपालीहरुले महिना दिन अगावै विदा मिलाइ सकेको बुझिएको
छ ।
IMG_5866
कार्यक्रममा प्रस्तुतिका लागि नेपालका पहिलो डिजे तेन्जिङ सान फ्रान्सिस्को आइपुगिसक्नु भएको जानकारी संघका
अध्यक्ष शेर्पाले गराउनु भएको छ । चर्चित कलाकार डोमा यल्मो शेर्पा, नलिना चित्रकार, सोनाम जाङबु शेर्पा, फिन्जो शेर्पा
लगायतले कार्यक्रममा प्रस्तुति गर्ने योजना भएको हुँदा विगतका वर्षहरुमा भन्दा फरक आनन्द लिनसकिने आयोजक
पक्षको दावी रहेको छ ।
कार्यक्रममा उर्वन करीको स्वदिलो रात्रि भोजन, सुनको सिक्का सहित विविध राफल उपहार, संघलाई सहयोग पु¥याउदै
आउनु भएका महानुभाव एवं संघ–संस्थाहरुलाई सम्मान कार्यक्रम र अन्य थप रोचक कार्यक्रमले उपस्थित
महानुभावहरुलाई भरपूर्ण मनोरञ्जन प्राप्त हुने बुझिएको छ ।
उर्वन करीका संचालक पूर्ण शेर्पाले उक्त कार्यक्रममा भोजनको तयारी विशेष प्रकारले गरिएको हुँदा पाहुनाहरुलाई
आनन्द मिल्ने दावी गरेका छन् ।
कार्यक्रममा आफ्नो उपस्थितिलाई सुनिश्चित बनाउन बे एरियामा बसोवास गर्दै आएकी सोनाम शेर्पाले एक महिना अगावै
कार्यालयमा विदा मिलाएको बताएकी छिन् ।
‘आइतबार कहिले आउँछ जस्तो भएको छ, त्यो दिन त मज्जाले नाच्ने हो, वर्षभरिको आनन्द त्यही दिन लिने हो ।’ शेर्पाले
बताइन् । यसरी कार्यक्रमको आनन्द लिनेमा अधिकांश नेपालीहरुको मनशाय रहेको बुझिएको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन संघमा लामो समयदेखि अनुभव एवं योगदान पु¥याउँदै आउनु भएका संघका पूर्व
कोषाध्यक्ष एवं सल्लाहकार कामी शेर्पाले अहोरात्र कार्य गरिरहनु भएको बुझिएको छ ।
कार्यक्रम १९ मार्च, सान फ्रान्सिस्को स्थित 1111 Gough St मा साँझको ५.०० बजेबाट हुने भएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us