पिङले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने

Published on: Thu, Mar 30th, 2017 By Diwas Pokhrel

१८ चैत्र, बेईजिङ । चीनका राष्ट्रपति सि जिङ पिङले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सि फिनल्यान्डको औपचारिक भ्रमण सकेर अमेरिकाको फ्लोरिडा राज्यमा जाने चीनका विदेश मन्त्री लु काङले बिहीबार जानकारी दिए ।
फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टो र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक निमन्त्रणामा सि फिनल्याण्ड र अमेरिको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
चिनियाँ राष्ट्रपति आउदो अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्याण्डको र अप्रिल ६ देखि ७ सम्म अमेरिकाको फ्लोरिडाको भ्रमण गरी ट्रम्पलाई भेट्ने कार्यक्रम रहेको विदेश मन्त्री लुले जानकारी दिए ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us