कोलम्बियाको पहिरोमा २५० भन्दा बढीको मृत्यु

Published on: Mon, Apr 3rd, 2017 By Sushil Dahal

कोलम्बियामा हिजो गएको भयानक पहिरोमा परी २५० जनाभन्दा बढीको ज्यान गरेको छ भने १०० जना जति वेपत्ता भएका छन्। सरकारले सम्पूर्ण राज्य संयन्त्र उद्दार कार्यका लागि परिचालन गरेका छ। दुई दिन अघि परेको मुसलधारे वर्षाका कारण कोलम्बियाको मोकोआ शहर नजिकका ३ नदीबाट पानि बाहिर गएपछि पहिरो गएको थियो।

कोलम्बियाको सेनाले अहिलेसम्म २५४ जनाको निधन र ४०० घाइते भएको बताएको छ। उता रेडक्रसले भने २३४ जनाको निधन भएको र १५८ हराइरहेको बताएको छ। कोलम्बियाका राष्ट्रपति जवान म्यनुएल् सान्टोसले आपतकाल घोषणा गरेका छन्। उक्त घटनामा मृत्यु हुनेमा ४२ बालबालिका छन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us