रामनवमी पर्व मनाईदै

Published on: Wed, Apr 5th, 2017 By Diwas Pokhrel

२३ चैत्र, काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
यसैबीच, चैत्र शुक्ल अष्टमीका दिन मङ्गलबार शक्ति पीठमा पूजा आराधना गरी चैते दसैँ पर्व मनाइएको छ । यस अवसरमा हिजो दिनभर उपत्यका लगायत देशभरका देवी मन्दिरमा भक्तजनको भीड लागेको थियो ।
असोजमा मनाइने बडा दसैँ जति भव्यरूपमा नमनाइए पनि चैते दसैँमा साधना गर्नेले देवीको पूजा, दुर्गा सप्तशती (चण्डी), देवी भागवत्, देवी स्तोत्र, कालिका पुराण आदि पाठ गर्छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us