पटाका उद्योगमा विस्फोट हुँदा ६ जनाको मृत्यु

Published on: Thu, Apr 6th, 2017 By Diwas Pokhrel

२४ चैत्र, लिसबन (पोर्चुगल) । पोर्चुगलको उत्तरमा अवस्थित एक पटाका उद्योगमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएको पोर्चुगलको गृहमन्त्रालयले बुधबार जनाएको छ ।

गृह मन्त्रालय स्रोतले विस्फोटका कारणबारे अनुसन्धान गर्न तथा मृतकका शरीरको पहिचानका लागि एक छानबिन समितिको गठन गरेको उक्त मन्त्रालयका उपमन्त्री जर्ज गोमेजले बताउनुभयो ।

मङ्गलबार राति भएको विस्फोटपछि उद्योगमा लागेको आगो निभाउन झन्डै एक सय अग्नी नियन्त्रकलाई लामेगोस्थित घटनास्थलतर्फ पठाइएको मन्त्रालयले जनाएको छ ।

अग्नी नियन्त्रकले घटनास्थलबाट दिएको प्रारम्भिक प्रतिक्रियाअनुसार उक्त समय उद्योगभित्र आठ जना रहेकोमा ६ जनाको मृत शरीर भेटिएको तर बाँकी दुई जना जीवित पाइने आशा कम रहेको छ ।

स्थानीय सञ्चारमाध्यमले दिएको समाचारमा उद्योगमा उद्योग मालिक र उनकी छोरीसमेतको निधन भएको बताएका छन् । रासस÷एएफपी

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us