दावा लामामाथि गोली प्रहार

Published on: Tue, Apr 11th, 2017 By Sushil Dahal

२९ चैत, काठमाडौं । काठमाडौंको गौरीघाटमा गुन्डानाइके दाबा लामामाथि गोली प्रहार भएको छ । गौरीघाटमा रहेको दिब्य पार्टी प्यालेस नजिकै आज विहान ९ बजेर २० मिनेट जादाँ लामामाथि ३ गोली प्रहार भएको काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए। उनको अहिले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।

गाडी पार्किङ गरेर हेल्थ क्लवमा जान लागेका उनीमाथि मास्क लगाएको युवाले गोली हानेका हुन्। प्रहरीले सिसिटिभी फुटेज निगरानी गरेर हानी हान्ने पहिचान गरिसकेको जनाएको छ। लामाको साथीहरुसँग विवाद रहेको र सोही कारण उनीमाथि गोली प्रहार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us