अमेरिकी स्ट्राइकर च्याम्पियन्स लिगको नकआउटमा गोल गर्ने कान्छो खेलाडी

Published on: Thu, Apr 13th, 2017 By Sushil Dahal

३१ चैत, काठमाडौं । अमेरिकी स्ट्राइकर कालियान एमबापीले च्याम्पियन्स लिगको नकआउट चरणमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान रचेपछि फ्रेन्च क्लब मोनाकोले क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा बोरुसिया डर्टमुन्डलाई ३–२ गोलले पराजित गरेको छ। जर्मनी क्लब बोरुसियालाई उसैको घरमा अग्रता बनाउन कालियानले २ निर्णायक गोल गरेका थिए। कालियान १८ वर्ष १ सय १३ दिनमा विहिबार बिहान मैदानमा उत्रिएका थिए। उनले खेल सुरु भएको १९ मिनेटमै फ्रेन्च क्लबलाई अग्रता दिलाएका थिए। मोनाकोलाई दोस्रो गोल बोरुसियाका स्वाँन भेन्डेरले उपहारको रुपमा आत्मघाती गोलबाट दिएका थिए।

भ्रमणकारी फ्रेन्च टोलीले यसैको नतिजापछि पहिलो हाफमा २–० को अग्रता बनाएका थियो। तर, दोस्रो हाफको ५७ मिनेटमा ओउसमाने डेमबेलेको गोलका कारण घरेलु टोलीले एक गोल फर्काउन सफल भएको थियो। ८४ मिनेटमा सिन्जी कागावाले पनि गोल गर्दै खेललाई फर्काउने ठूलो प्रयास गरेका थिए। तर, यसबीच अमेरिकी स्ट्राइकर कालियानले ७९ मिनेटमा गरेको गोलका कारण डर्टमुन्डलाई पराजय स्विकार्न कर लाग्यो। बोरुसियाले दोस्रो लेगको खेल मोनाकोमा अप्रिल १९ मा खेल्नेछ। यसपछि सेमिफाइनल पुग्ने टिमको निर्णय हुनेछ। बोरुसिया र मोनाकोबीच मंगलबार राती खेल हुने जनाइएको थियो। तर, आफ्नो बस बाट खेल स्थलतर्फ आउने क्रममा बोरुसियाको गाडी अगाडि तीनवटा बिस्फोटक पदार्थ बिस्फोटन भएपछि खेललाई एक दिन पछाडि सारिएको थियो। यो घटनामा बोरुसियाका एक खेलाडी घाइते भएका थिए। उनी आज मैदानमा उत्रिएनन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us