मेसी बार्सिलोनाका लागि ५ सय गोल गर्ने अभियानमा ३ गोलले पछि

Published on: Sun, Apr 16th, 2017 By Sushil Dahal

३ बैशाख, काठमाडौं । लिओनल मेसीले यो सिजन आफ्नो गोलको संख्या ४४ पुर्याएका छन्। पछिल्लो २ खेलमा गोलबिहिन बनेका मेसीले स्पेनिस लिगअन्तर्गत हाल रियल सोसिडाडविरुद्धको खेलमा १७ मिनेटमा गोल गरेका छन्। ला लिगामा यो उनको २८ औं गोल हो। बार्सिलोनाबाट ५ सय ७३ खेल खेलिरहेका मेसीको क्याटलान क्लबका लागि ४ सय ९७ गोल पनि हो। उनी बार्सिलोनाबाट ५ सय गोल गर्ने अभियानमा अब ३ गोलले पछि छन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us