म्यानचेस्टर सिटी ३–० ले विजयी, ग्वार्डिओलाको अन्तिम ४ को सपना पुरा हुँदै

Published on: Sun, Apr 16th, 2017 By Sushil Dahal

३ बैशाख, काठमाडौं । म्यानचेस्टर सिटीले साउथहाम्पटनलाई उसैको मैदानमा ३–० गोलले पराजित गर्दै प्रिमियर लिगको अन्तिम ४ मा बस्ने आफ्नो अभियानलाई बलियो तुल्याएको छ। शनिवार राती कप्तान भिन्सेन्ट कोम्पानी, लेरोय साने र सर्जियो अगुईरोको गोलमा सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा टुँगिएको अवस्थामा सिटीले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्यो। तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। दुई वर्षअघि चेल्सीलाई गोल हानेपछि गोलविहिन बनेका कोम्पानीले ५५ मिनेटमा डेभिड सिल्भाको कर्नरमा उत्कृष्ट हेडिङ गोल गरेका थिए।

यस्तै, ७७ मिनेटमा केभिन डि ब्रुयनको पासमा सानेले अर्को गोल थपे। अगुइरोले ८० मिनेटमा गोल गरे। पेपे ग्वार्डिओलाको टिमले पाँचौ स्थानमा रहेको इभर्टनलाई ७ अंकले उछिनेको छ। त्यसैले सिटीको अन्तिम ४ मा लिग टुँग्याउने अभियान धेरै अर्थमा सार्थक बन्दै गइरहेको छ। सिटीको हाल ३२ खेलमा ६४ अंक छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us