लेस्टर एक स्थान तल खस्कियो, १६ मिनेटमा प्यालेसले २ गोल फर्कायो

Published on: Sun, Apr 16th, 2017 By Sushil Dahal

३ बैशाख, काठमाडौं । स्टोक सिटीले ३–१ गोलले हल सिटीलाई पराजित गरेको रात क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिएपछि लेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा एक स्थान तल खस्किएको छ। डिफेन्डिङ च्याम्पियन लेस्टरलाई प्यालेसले आफ्नो घरेलु मैदानमा खेल सकिन २० मिनेटको समय बाँकी रहँदा बराबरीमा रोकेको हो। रोबर्ट हुथले खेल सुरु भएको ६ मिनेटमै गोल गरेर भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। यस्तै, दोस्रो हाफको ५२ मिनेटमा जामी भर्डीले अर्को गोल थप्दै लेस्टरलाई दोहोरो गोलको सफलता दिलाए।

यसपछि खेलमा फर्किएको प्यालेसले १६ मिनेटभित्र दुई गोल फर्काएको थियो। ५४ मिनेटमा योहान काबायेले लेस्टरका लागि पहिलो गोल र ७० मिनेटमा क्रिस्टियन बेन्टेकेले दोस्रो गोल फर्काएका थिए। प्यालेससँग अंक बाड्नु परेपछि लेस्टर ११ बाट १२ औं स्थानमा झरेको छ। स्टोक २ अंकले लेस्टरभन्दा एक स्थान माथि उक्लिएको छ। स्टोकले ३३ खेलमा ३९ अंक बटुलेको छ र अंक तालिकामा ११ स्थानमा उक्लिएको छ। लेस्टरको ३२ खेलमा ३७ खेल छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us