सिके राउतमाथि राज्य बिरूद्धको संगठित अपराध मुद्दा दर्ता

Published on: Sun, Apr 16th, 2017 By Sushil Dahal

३ बैशाख, काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतमाथि जिल्ला अदालत रुपन्देहीमा आईतबार राज्य बिरुद्धको संगठित अपराध मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेलबहादुर पाण्डेले राउत उपर राज्य विरुद्धको संगठित अपराध मुद्दामा अनुसन्धान सुरु गरिएको जानकारी दिए । गत चैत ३१ गते सिराहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका राउतलाई रिहा लगत्तै सिराहा प्रहरीले पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको थियो। प्रहरी स्रोतका अनुसार रुपन्देही प्रहरीले राउतलाई केही बिषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरी सहयोग गर्न आग्रह गर्दै सिराहा प्रहरीलाई पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा अदालतबाट धरौटीमा रिहा भए लगत्तै राउतलाई पक्राउ गरी रुपन्देही ल्याईएको थियो। पक्राउ लगत्तै नयाँ वर्ष र सनिबार बिदा परेका कारण उनलाई आइतबार मात्रै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us