प्रधानमन्त्रीद्वारा सुरक्षा अङ्गका प्रमूखहरुसँग भेट

Published on: Tue, Apr 18th, 2017 By Sushil Dahal

५ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा अंगका प्रमुखलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मीलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिए।

भेटमा प्रधानमन्त्रीले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा अंगका प्रमुखसँग जानकारी लिएका थिए। भेटमा प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमूखहरुलाई निर्देशन दिएका छन्। भेटमा सुरक्षा अंगका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us