बार्सिलोनाविरुद्ध डायबाला खेल्नेमा रहस्य

Published on: Tue, Apr 18th, 2017 By Sushil Dahal

५ बैशाख, काठमाडौं । बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत दोस्रो लेगको खेलमा युभेन्ट्सका युवा स्ट्राइकर पाउलो डायबाला खेल्ने वा नखेल्ने कुरामा अझै रहस्य कायमै रहेको छ। इटालियन सिरियाअन्तर्गत पेस्कारालाई २–० ले पराजित गरेको खेलमा अर्जेन्टिनी युवा स्ट्राइकर डायबालाको कुर्कुच्चामा चोट लागेको थियो। यसपछि उनी बुधबार क्याम्प नोउमा हुने बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेलमा अनुपस्थिति हुने बताइएको थियो। तर, डायबाला सोमबार युभेन्ट्सको अभ्यास सत्रमा फर्किएका छन्। उनी सतप्रतिशत ठिक नभएको र अझै चिकित्सकहरुको सल्लाहमा रहेको बताइएको छ।

टुरिनमा गत साता भएको पहिलो लेगको खेलमा डायबालाले २ गोल गरेपछि बार्सिलोना ३–० ले पराजित भएको थियो। ‘म पूर्ण रुपमा ठिक भएर खेलमा फर्किने छु’ डायबालाले दावी गरेका छन्। बार्सिलोनाविरुद्ध उनको उत्कृष्ट प्रदर्शनपछि युभेन्ट्सले डायबालाको अनुबन्ध सम्झौता बढाएर २०२२ सम्म पुर्याएको थियो।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us