एट्लेटिकोसँग बराबरी खेलेको लेस्टर बाहिरियो

Published on: Wed, Apr 19th, 2017 By Sushil Dahal

६ बैशाख, काठमाडौं । च्याम्पियन्स लिगमा डेब्यु गरेको इङ्लिस क्लब लेस्टर सिटी आफ्नो घरेलु मैदानमा स्पेनको एट्लेटिको म्याड्रिडलाई १–१ गोलको बराबरीमा रोक्न सफल भए पनि स्पेनमा भोगेको पराजयका कारण क्वाटरफाइनलबाट बाहिरिएको छ। गत सालको फाइनलिस्ट एट्लेटिको क्लब क्वाटरफाइनलअन्तर्गत पहिलो र दोस्रो लेगको खेलबाट समग्रमा २–१ गोलको अग्रता बनाउदै सेमिफाइनल प्रवेश गरेको हो।

किङ पावर रंगशालामा ठूलो उत्साहका साथ मैदानमा उत्रिएको लेस्टरविरुद्ध २६ मिनेटमा साउल निगुइजले हेडिङ गोल गर्दै घरेलु टोलीको सपना चकनाचुर पारेका थिए। दोस्रो हाफको ६१ मिनेटमा जामी भर्डीले गोल फर्काउदै खेललाई बराबरीमा ल्याए पनि त्यो अघिल्लो चरण प्रवेशका लागि पर्याप्त थिएन्। एट्लेटिकोले पहिलो लेगको खेलमा लेस्टलाई १–० ले पराजित गरेको थियो।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us