निर्वाचनका लागि सुरक्षासम्बन्धि सम्पूर्ण तयारी पूराः गृहमन्त्री

Published on: Wed, Apr 19th, 2017 By Sushil Dahal

६ चैत काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि सुरक्षाको कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। गृहमन्त्री निधिले निर्वाचनका लागि सुरक्षासम्बन्धि सम्पूर्ण तयारी पूरा गरिएको पनि स्पष्ट पार्नु भयो । गृहमन्त्री निधि ‘निर्वाचन आयोगको तयारी र सुरक्षा प्रबन्धमात्रै निर्वाचनका लागि पर्याप्त नरहेको’ सामाजिक सञ्जालमा ट्वीट गरेपछि विवादमा आएका थिए।  तर बुधबार प्रधानमन्त्री निवास बालुवाटार परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको बन्दोबस्त गरिएको स्पष्ट पारे। गृहमन्त्री निधिले सुरक्षा निकाय निर्वाचनको सुरक्षा दिन तयारी अवस्थामा रहेको पनि जानकारी दिए।

गृह मन्त्रालयले सुरक्षा अंगका चार वटै निकायलाई निर्वाचनमा परिचालन गर्ने गरी सुरक्षासम्बन्धि योजना बनाईसकेको छ । गृहमन्त्री निधिले केन्द्रिय सुरक्षा समितिको बैठक बसी स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई परिचालन गर्ने निर्णय लिइएको पनि उल्लेख गरे।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us