म्युनिख र म्याड्रिडको खेल रोमाञ्चक मोडमा, निर्णयका लागि अतिरिक्त समय थप

Published on: Wed, Apr 19th, 2017 By Sushil Dahal

६ बैशाख, काठमाडौं । म्याड्रिडबीच च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको खेल रोमाञ्चक मोडमा पुगेको छ। १० खेलाडीमा समिति वायर्नले म्याड्रिडलाई उसैको घरमा २–१ ले जितेपछि खेल अतिरिक्त समयमा पुगेको हो। यसअघि म्युनिखमा भएको पहिलो लेगको खेल म्याड्रिडले २–१ ले जितेको थियो। समग्रमा दुवैतर्फबाट गोल संख्या ३–३ भएपछि खेल अतिरिक्त समयमा पुगेको हो। यसअघि ८२ मिनेटमा रेफ्रिको खराब निर्णयका कारण दोहोरो पहेँलो कार्ड पाउदै आर्टुरो भिडाल मैदानबाट बाहिरिन बाध्य भए। यसपछि म्युनिख १० खेलाडीमा सिमिति भएर खेल्दैछ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us