वैशाख ३१ गते निर्वाचन भएरै छाड्छ प्रधानमन्त्री

Published on: Wed, Apr 19th, 2017 By Sushil Dahal

६ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव राखेका छन्। प्रमुख राजनीतिक दलहरुवीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको रणनीति बनाउन बसेको ५ दलको संयुक्त बैठकमा दाहालले वैशाख ३१ गते र त्यसको २५ दिन पछि अर्को गरी स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्दा के हुन्छ भनि प्रस्ताव राखेका हुन्। प्रधानमन्त्री  दाहालले बुधबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा नेपाली कांग्रेस, एमाले माओवादी राप्रपा र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सहभागी थियो।

यसैबीच आन्दोलनरत मधेसी मोर्चा निर्वाचनमा नआए पनि आगामी वैशाख ३१ गते तोकिएको निर्वाचन भएरै छाड्ने विषयमा प्रमुख पाँच दल सहमत भएका छन्। बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले वैशाख ३१ गते हुने निर्वाचनमा कुनै आशंका नगर्न भन्दै परिस्थितिका लागि दुई चरणमा निर्वाचन गर्दा कस्तो हुन्छ भनि प्रस्ताव राखेका हुन्। उनले मोर्चा पनि निर्वाचनमा आउने भए मात्र दुई चरणमा चुनाव गर्दा के हुन्छ भनि प्रस्ताव राखेका हुन्। बैठकमा प्रधानमन्त्रीले मधेसी मोर्चालाई सहमतिमा ल्याउन उनीहरूकै सहमतिका आधारमा संशोधन प्रस्ताव ल्याए पनि अहिले त्यसको विरोधमा उत्रिएकोमा चिन्ता व्यक्त गरेका थिए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us