जापानका १५ वर्षीय मेसी, जापानी फुटबलमा तहल्का पिट्दै

Published on: Thu, Apr 20th, 2017 By Sushil Dahal

७ बैशाख, काठमाडौं । जापानका एक १५ वर्षीय किशोर फुटबलरलाई अहिले बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीसँग तुलना गर्न थालिएको छ। १५ वर्ष भए पनि उनी एफसी टोकियोको युथ–२३ टिमबाट खेल्ने गर्छन्। उनको नाम हो, टाकेफुसा कुबो। उनी मिडफिल्डबाट खेल्ने गर्छन्। मेसी जस्तै उनको उचाइँ कम छ। बललाई गज्जबले नियन्त्रणमा राख्छन् र बललाई नियन्त्रणमा राखेर दौडिने कला उत्कृष्ट छ। उनले जापानको जे–३ लिगमा केजेरो ओसाका क्लबका डिफेन्डरहरुको बीचबाट बल निकालेर गरेको बिस्फोटक गोलको अहिले चर्चा भइरहेको छ। यो गोलसँगै उनी जापानको जे लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्न पुगेका छन्। १३ वर्षअघि यो कीर्तिमान ताकायुकी मोरिमोतोको नाममा थियो।

मेसीजस्तै कुबोलाई पनि ९ वर्षको उमेरमा स्पेनिस क्लब बार्सिलोनाले आफ्नो युथ एकेडमीका लागि २०११ मा बोलाएको थियो। उनी ४ वर्ष बार्सिलोनाको ला मासिया एकेडेमीमै बसेका थिए। तर, बार्सिलोनालाई युवा खेलाडी अनुबन्ध गर्ने फिफाको अन्तर्राष्ट्रिय ट्रान्सफर नियम तोडेको आरोप लागेपछि उनी २०१५ मा जापान फर्किएका थिए। जापानी पत्रिका निक्कन स्पोटर््सले उनी एफसी टोकियोमा अनुबन्धित भएदेखि उनको तुलना मेसीसँग गरिरहेको छ। तर, कुबोले भर्खरै भनेका छन्, ‘मलाई मेसीसँग तुलना गरेको मन पर्दैनँ। तर, आशावादी छुँ, एकदिन उनी जस्तै बन्ने छुँ।’

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us