दमकमा आगलागीबाट आठ लाखको क्षति

Published on: Thu, Apr 20th, 2017 By Sushil Dahal

७ चैत काठमाडौं । झापाको दमक नगरपालिका–७ स्थित भेसराज घिमिरेको घरमा आज बिहान आगलागी हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहान करिब १ः२० बजे विद्युत् सट भई आगलागी हुँदा घिमिरेको टिनको छाना भएको एकतले घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीबाट आठ लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा विहान करिब २ः२५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us