मधेसवादी पाँच दलबीच एकता

Published on: Thu, Apr 20th, 2017 By Sushil Dahal

७ बैशाख, काठमाडौं । पाँच मधेसवादी दलबीच पार्टी एकता भएको छ। तराई मधेसका तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच बिहिबार राजाधानीमा एक कार्यक्रम गरी पार्टी एकता भएको घोषणा गरेका हुन्। कार्यक्रममा पाँच दलबीच एकतापछिको पार्टीको नाम, चुनाव चिन्ह, झण्डा समेत सार्वजनिक गरिएको छ ।

बुधबार राति अबेरसम्म ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गर्दै आजै एकताको घोषणा गर्ने निर्णय गरेको थियो। एकीकृत नयाँ पार्टीको झण्डामा तीन रङ रातो, सेतो र हरियो मिसिएको छ । रातो क्रान्ति, सेतो शान्ति र हरियोले समृद्धिको संकेत गर्ने नेताहरुले बताएका छन्। पार्टीको नेतृत्व अर्को महाधिवेशनसम्म आलोपालो गर्ने गर्ने निर्णय गरेका छन्। पहिले महन्थ ठाकुरले नेतृत्व गर्नेछन् भने त्यसपछि राजेन्द्र महतोले पार्टीको नेतृत्व गर्नेछन्। त्यसपछि अरू अध्यक्षहरूले नेतृत्व गर्ने भएका छन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us