सांसद मण्डलको परिवारमाथि कुनै दुर्व्यवहार भएको छैनः गृहमन्त्री

Published on: Thu, Apr 20th, 2017 By Sushil Dahal

७ बैशाख, काठमाडौं । सरकारले एमाले सांसद सत्यनारायण मण्डलको परिवारमाथि मधेसी मोर्चाका कार्यकर्ताद्वारा कुनै दुर्व्यवहार नभएको दाबी गरेको छ। व्यवस्थापिका संसदको बिहीबारको बैठकमा समय मागेर बोलेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधीले सांसद मण्डलको परिवारमाथि कुनै दुर्व्यवहार नभएको स्पष्ट पारेका हुन्।

गृहमन्त्री निधीले सप्तरी जिल्लामा मधेसी मोर्चाका कार्यकर्ताले निकालेको मोटरसाईकल जुलस एमाले सांसद सत्यनारायण मण्डलको घरमा पुगेको र उनीहरुबाट घरमा कालो झण्डा गाड्नु बाहेक अन्य दुर्व्यवहार गर्ने काम नभएको बताए। कालो झण्डा गाडेलगत्तै सुरक्षाकर्मी पुगेर हटाएको भन्दै उनले कालो झण्डा राख्नु बाहेक अन्य घटना नभएको स्पष्ट पारे। एमाले सांसदहरुले यसअघिको बैठकमा सांसद मण्डलकी श्रीमती र बुहारीप्रति मोर्चाका कार्यकर्ताद्वारा हातपात भएको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति मिलाउनुको साथै घटनाको यथार्थ जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us