बालुवाटार बैठक सकियो, बैठक सकारात्मक, फेरि पाँच बजे बस्ने

Published on: Fri, Apr 21st, 2017 By Sushil Dahal

८ बैशाख, काठमाडौं । मधेश केन्द्रित दलहरु निर्वाचन सहभागी हुन सकारात्मक देखिएका छन । मधेश केन्द्रित दल आवद्ध नवगठित राष्ट्रिय जनता पार्टी तथा संघीय गठबन्धनका नेताहरुले आफूहरुको माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने प्रतिक्रिया दिएका हुन्। सत्तारुढ काँग्रेस/माओवादी केन्द्र र मधेश केन्द्रित दलहरुबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउने र मधेश केन्द्रित दलहरु निर्वाचनमा सहभागी हुने विषयमा छलफल भएको थियो ।

आफूहरुको माग सम्बोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी नहुने कुनै नआउने नवगठित राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनले मधेशका जनतालाई अनुभूति हुनेगरी संविधान संशोधन भने हुनैपर्ने अडान दोहोर्‍याए। मधेश केन्द्रित दलहरु निर्वाचनमा जाने संकेत देखिएपछि प्रधानमन्त्री दाहालले त्यससम्बन्धि समान धारणा बनाउन दिउँसो दिन बजे सत्तारुढ प्रमुख तीन दलको बैठक बोलाएका छन्।  सत्तारुढ दलहरुसँग समान धारणा बनाएर प्रधानमन्त्री दाहालले आजै अपरान्ह पाँच बजे बैठक बसी मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउने योजना बनाएका छन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us