बेलायती ओलम्पियनको जमैकामा सडक दूर्घटनामा निधन

Published on: Fri, Apr 21st, 2017 By Sushil Dahal

८ बैशाख, काठमाडौं । बेलायती ओलम्पिक हाइजम्प खेलाडी जेरेमिन मासनको विहिबार जमैकामा सडक दूर्घटनामा निधन भएको छ। जमैकामा जन्मिए पनि बेलायतका लागि २००८ को बेइजिङ ओलम्पिक खेलेका मासनको किङ्स्टनस्थित पालिसाडोस राजमार्गमा मोटरबाइक दूर्घटनामा निधन भएको ‘द गार्जियन’ पत्रिकाले जानकारी दिएको छ। पत्रिकाका अनुसार दूर्घटनाको दिन मासनसहित जमैकाका धेरै हाइप्रोफाइल खेलाडीहरु राजमार्गमा मोटरसाइकल दौडाइरहेका थिए। जसमा ८ पल्ट ओलम्पिकमा स्वर्ण जितेका उसेन बोल्ड, सय मिटरका रजत विजेता माइकल फ्राटर र जमैकाका पूर्व फुटबल खेलाडी रिकार्डो गार्डनर पनि संलग्न रहेको बताइएको छ।

३४ वर्षीय मासन पहिले जमैकाका राष्ट्रिय खेलाडी थिए। उनले २००३ को विश्व इन्डोर च्याम्पियनसिपमा जमैकाका लागि कास्य पदक जितेका थिए। तर, बेलायतमा जन्मिएका आफ्नो बुवाको नागरिकताको आधारमा उनी २००६ मा बेलायत लागेका थिए। २००८ को बेइजिङ ओलम्पिकमा उनले रजत पदक जितेका थिए। उनको निधन प्रति जमैकाका प्रधानमन्त्री एन्ड्रयु होल्मसले संवेदना प्रकट गरेका छन्।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us